मन्त्री क्वार्टर परिसरमा आगलागी, पौने करोडको क्षति

ललितपुरको भैंसीपाटीस्थित नवनिर्मित मन्त्री क्वार्टर परिसरमा आगो लागेको छ । परिसरभित्रको छाप्रोमा आज बिहान भएको आगलागीमा निकै क्षति पुगेको बताइएको छ ।

निर्माण सामग्री राखिएको छाप्रोमा विद्युत सर्टपछि लागेको आगोका कारण  ८० देखि ८५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान छ । 

ठूलो मात्रामा रंग राखिएका दुई वटा कोठा आगोले पूर्ण रुपमा नष्ट भएको छ । ललितपुर महानगरपालिकाका दमकलले तत्काल आगो नियन्त्रणमा लिएकाले थप क्षति हुन नपाएको प्रहरीको भनाई छ ।