भुकम्प प्रभावित क्षेत्रमा मल्हम लगाउँदै मुड्केचुला

पिडितहरूलाई जकेट प्रदान

खलंगा, जाजरकोट ,डोल्पाको मुड्केचुला गाउँपालिकाले जाजरकोट र रूकुम पश्चिमका भुकम्प पिडितलाई जकेट जकेट प्रदान गरेको छ । मुड्केचुला गाउँपालिका डोल्पाले जाजरकोट र रूकुम पश्चिमका पालिकालाई डाउन फेदरको जकेट उपलब्ध गराएको हो ।

कर्णाली प्रदेश सभा सदस्य वीर वहादुर शाही र मुड्केचुलाका अध्यक्ष दत्त बहादुर शाहीको टोलीले भुकम्प प्रभावित क्षेत्रलाई जकेट लगायतका समाग्री उपलब्ध गराएको हो ।

मुड्केचुलाका अध्यक्ष शाहीका अनुसार मुड्केचुला गाउँपालिकाको तर्फबाट दुखमा मलम स्वरूप रूकुम पश्चिम आठबिसकोट नगरपालिकालाई १५० पिस जाजरकोट नलगाड नगरपालिकालाई १५० त्यस्तै भेरी नगरपालिकालाई ५० कुशे गाउँपालिकालाई ५० पिस उपलब्ध गराएको बताइएको छ ।

त्यस्तै माओवादी केन्द्र डोल्पाको तर्फबाट आएका स्वयंसेवकले भुकम्प पिडितका  करिब ३५ भन्दा बढि अस्थायी टहरा समेत निर्माण गरेको बताइएको छ । भुकम्प प्रभावित क्षेत्रमा पुगि डोल्पाको टिमले अस्थायी टहरा निर्माण गरेको हो ।

बिद्यार्थीलाई स्टेसनरी समान उपलब्ध 

कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाही र मुड्के चुला गाउँपालिका अध्यक्ष दत्त बहादुर शाहीले जनकल्याण मध्यामिक बिद्यालय नलगाड ५ का बिद्यार्थीलाई स्टेसनरी समान उपलब्ध गराइएको छ । भुकम्प पिडित बिद्यार्थीहरूलाई द्दय शाहीले स्टेसनरी समान उपलब्ध गराएका हुन ।