एमाले काँग्रेसहरूलाई पनि यो परिवर्तन पचेको छैन : इन्चार्ज यादव

सल्यान, नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवले एमाले काँग्रेसहरूले सहजै यो व्यवस्था नस्विकारेको बताएका छन ।

जनतासंग माओवादी बिशेष रूपान्तरण अभियान सल्यानको संकल्प सभामा बोल्दै इन्चार्ज यादवले एमालेको बहुदलीय जनवाद र काँग्रेसको बिपीको समाजवादले पनि यहि परिवर्तन खोजेको हो तर उनका अनुयायीहरूलाई यो परिवर्तन पचेको छैन ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले ब्यवस्था परिवर्तनको लडाइ सकिए पनि अवस्था परिवर्तनको लडाइ नसकिएको बताए । प्रथम मुख्यमन्त्री शाहीले जनयुद्धको बलिदानबाट प्राप्त यो परिवर्तनलाई सबै मिलेर संस्थागत बिकास गर्नुपर्ने बताए ।

कार्यक्रममा माओवादी केन्द्र सल्यानका इन्चार्ज नरेश भण्डारीले अब सल्यानी जनताले ६४ माओवादी फर्काउने त्यसको लागि यो संकल्प सभा आयोजना गरिएको बताए ।
कार्यक्रममा प्रत्येक वडाबाट विभिन्न सांस्कृतिक झाकीहरू प्रदर्शन गरिएको थियो ।