दाङ्गमा एमसिसी सम्झौंता खारेजी बिषयक अन्तरक्रिया कार्यक्रम
कोहलपुर । दाङ्गको घोराहीमा एमसिसी सम्झौंता खारेजी बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ५ नम्बर प्रदेश समिति दाङ्गको आयोजनमा घोराहीमा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला (कञ्चन) को प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता पार्टीका प्रदेश सह-संयोजक निरजकुमार केसीले गर्नुभएको थियो ।
उक्त कार्यक्रमको सन्चालन पार्टीका केन्द्रीय सदस्य तथा पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का सह-संयोजक विरेन्द्र शाहले गर्नुभएको थियो । त्यस्तै स्वागत मन्तव्य पार्टी केन्द्रीय सदस्य नारायण भण्डारीले गरेका थिए ।
कार्यक्रममा अन्य अथितिहरुमा पार्टीका प्रदेश ईन्चार्ज प्रेम सुवेदी सहित अन्य अतिथि वक्ताको रुपमा बुद्धिजिवी रामप्रसाद जैसी, जनप्रतिरोध अभियानका प्रतिनिधि प्रमोद धिताल, विप्लव नेतृत्वको नेकपा दाङका सचीव जनक सी, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, माओवादी केन्द्र दाङ सचिव विश्वराज आचार्य, नेकपा (मशाल) का केन्द्रीय सदस्य शशिधर भण्डारी रहनुभएको थियो ।
कार्यक्रममा सहभागी सबै वक्ताहरूले एमसी खारेजीको पक्षमा पार्टीले गरिरहेको संघर्ष एक्यवद्धता जाहेर गरेका छ्न । प्रवक्ता बास्तोलाले राष्ट्रघाती एमसिसी सम्झौता कुनैपनि हालतमा लागू हुन नदिने कुरा बताएका छ्न । प्रवक्ता बास्तोलाले दोस्रो चरणको जनप्रतिरोध संघर्ष अगाडि बढाउने घोषणा गरेका छ्न ।