संकट र विपद व्यवस्थापनमा जनतासंगै रहने माओवादी प्रतिबद्धता

जाजरकोट, नेकपा माओवादी केन्द्र जाजरकोटले संकट र बिपद व्यवस्थापनमा माओवादी केन्द्र जनतासंगै रहने बताएको छ । माओवादी केन्द्र जाजरकोटले आफ्ना सम्पुर्ण कमिटी जनताको सेवामा विपद ब्यवस्थापनमा लगाई सकेको बताउँदै सबैलाई लागि पर्न आग्रह समेत गरेको छ ।

माओवादीले भनेको छ जनताको सेवा गर्ने कामलाई अन्यले राजनीतिक प्रतियोगिताका रुपमा अर्थ लगाउने गरेता पनि हामी र हाम्रो पार्टीको भिजन र मिसन भनेको जनताको सेवा गर्नु हो । १०० मिटरको दौडमा बाजी मार्नेलेनै हजार मिटरको दौडमा बाजी मार्छ भन्ने हुदैन ।

माओवादीले आफ्नो पेजमा भनेको छ १०० मिटरको दौडमा बाजी मार्ने व्यक्ति हजार मिटरको दौडमा थाक्न सक्छ, वीचमै दौडको रिङ्गबाट बाहिरन सक्छ । त्यसकारण हामी र हाम्रो पार्टी हतारिनु हुदैन ।

निरन्तर रुपमा जनताको बीचमा रहेर भुकम्पीय संकट तथा विपद व्यवस्थापनमा लाग्नु पर्दछ र अस्थायी बसोबास तथा टहरा निर्माणमा हामी र हाम्रो पार्टीले मात्रा र गुण दुवैमा विशेष ध्यान दिनुपर्दछ ।

जिल्लामा पार्टी पुर्ण रुपमा पुर्न निमार्णमा लागेको जिल्ला इन्चार्ज तथा निमार्ण टिम प्रमुख गगन बहादुर खड्काले बताए । खड्काका अनुसार ५ हजार बढि नेता कार्यकर्ता भुकम्पबाट क्षतिग्रस्त टहरा निमार्णमा लागिपरेको छन । माओवादी केन्द्र कर्णाली प्रदेशले करिब ३ हजार फोर्स स्वयंसेवकका रूपमा जाजरकोट र रूकुमपश्चिम खटाइएको छ ।

पछिल्लो समय जाजरकोट र रुकुम पश्चिममा बिभिन्न राजनितिक दलहरुले स्वयमसेवक खटाएका छन ।