कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गरौ : मुख्यमन्त्री शर्मा

विरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्नुपर्ने बताएका छन । शनिबार लघु औद्योगिक ग्राम विरेन्द्रनगरमा आयोजित नवौं राष्ट्रिय उद्योग दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शर्माले कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्नुपर्ने बताएका हुन ।

मुख्यमन्त्री शर्माले भने अब कर्णालीका नागरिकले नुन देखि सुन एक्लैले फलाउने नभई कसैले कोदोको, कसैले मकैको अर्थात हरेकले अलग अलग खेति गरेर कृषिमा व्यावसायिकीकरण गर्न आवश्यक छ । कृषि मात्रै होइन, अब सबै व्यवसाय गर्दा अलग अलग व्यवसाय गर्न जरुरी छ नभए व्यवसाय नै डुब्ने, असफल हुने सम्भावना हुन्छ ।’ मुख्यमन्त्री शर्माले भने, ‘त्यसकालागि उत्पादनको वर्गिाकरण गर्न भौगोलिक कलष्टर छुट्याउने योजना सरकारको छ । उच्च हिमाली, हिमाली, पहाडी, खोंच आदि कलष्टर छुट्याएर अघि बढने र सोही आधारमा कृषि उत्पादन गर्न सकेको खण्डमा हामी आत्मनिर्भरतातर्फ अग्रसर हुन्छौं ।’

मुख्यमन्त्री शर्माले अहिले कर्णालीमा सञ्चालनमा रहेका अधिकांश उद्योगहरुले बाहिरबाट कच्चा पदार्थ ल्याई उद्योग सञ्चालन गरिरहेको बताए ।

‘अहिले कर्णालीमा सञ्चालित उद्योगधन्दाहरु हेर्नुभयो भने जम्मै कच्चा पदार्थ बाहिरबाट ल्याइएको पाईन्छ । त्यसले केहि जनालाई रोजगारी त दिएको छ तर त्यसले यहाँको आर्थिक क्रियाकलाप सोचे अनुरुप हुन सकेको छैन ।’ मुख्यमन्त्री शर्माले भने, ‘अब बाहिरबाट कच्चा पदार्थ ल्याएर होईन, हाम्रो कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्न आवश्यक छ । हाम्रो प्रदेशमा रहेका अमूल्य जडीवुटी घुईया भाउमा खेर गइरहेको छ, अन्य प्राकृतिक स्रोतहरु पनि खेर गइरहेका छन् । यहाँका कच्चा पदार्थलाई प्रायेगमा ल्याउने उद्योगहरु कर्णालीमा आवश्यक छन्, तपाईहरु यतातर्फ लाग्नुस  ।’

उनले कसरी औधोगिक क्षेत्र सञ्चालन गर्ने बारेमा खाका कोर्न व्यवसायीलाई सुझाव दिदैं कर्णालीमा औद्योगिक विकासका लागि कोहीपनि एक्ला एक्लै अगाडी बढेर सम्भव नभएको र त्यसका लागि सरकारले के गर्नुपर्छ हातेमालो गर्न तयार रहेको बताए ।