‘महेश बस्नेत र दुर्गा प्रसाईंका गतिविधिलाई वाइसीएलले गम्भीर रुपमा हेरिरहेको छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीएल नेपालले महेश बस्नेत र दुर्गा प्रसाईंको गतिविधिलाई वाइसीएलले गम्भीर रुपमा हेरिरहेको बताएको छ ।

संगठनका काठमाडौं महानगर संयोजक दिलिप सिंह ठकुरीले बुधबार सामाजिक सञ्जालमा प्रतिकिया दिदैं पछिल्लो समय महेश बस्नेत नेतृत्वको युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको अभियानको समानान्तर गतिविधिलाई वाइसीएल नेपालले गम्भीर रूपमा हेरेको वताएका छन् ।

उनले आवरणमा गणतन्त्र पक्षधर र गणतन्त्र विरोधी बिचको आन्दोलन जस्तो देखिएपनि, अन्तरवस्तुमा यो दुवै पक्षबिचको व्यक्तिगत/ संस्थागत पूर्वाग्रह वा त्यस्तै केहि अवान्छित गतिविधिको भन्नेमा हामी स्पष्ट समेत भएको बताए ।

‘लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता हुन्छ, राजा फर्काउँछौँ भन्नेहरुले पनि आफ्नो आस्था व्यक्त गर्न पाउनुपर्छ| तर राजनैतिक खोल ओढेर व्यक्तिगत स्वार्थपूर्ति र भ्रम छर्नेकाम हुनुहुँदैन| जनतालाई ऋण मिनाहा गरिदिन्छु भन्ने जस्तो अराजक आशा देखाई धमिलो पानीमा माछा मर्ने परिस्थिति जुन सृजना गरिएको छ त्यसलाई प्रतिवाद गर्न वाइसीएल हरहिसाबमा तमतयार रहेको छ |’

यस्तो छ प्रतिक्रियाको पुर्णपाठ :-

महेश बस्नेत नेतृत्वको युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको अभियानको समानान्तर गतिविधिलाई YCL नेपालले गम्भीर रूपमा हेरेको छ|

आवरणमा गणतन्त्र पक्षधर र गणतन्त्र विरोधी बिचको आन्दोलन जस्तो देखिएपनि, अन्तरवस्तुमा यो दुवै पक्षबिचको व्यक्तिगत/ संस्थागत पूर्वाग्रह वा त्यस्तै केहि अवान्छित गतिविधिको भन्नेमा हामी स्पष्ट छौँ|

लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता हुन्छ, राजा फर्काउँछौँ भन्नेहरुले पनि आफ्नो आस्था व्यक्त गर्न पाउनुपर्छ| तर राजनैतिक खोल ओढेर व्यक्तिगत स्वार्थपूर्ति र भ्रम छर्नेकाम हुनुहुँदैन । जनतालाई ऋण मिनाहा गरिदिन्छु भन्ने जस्तो अराजक आशा देखाई धमिलो पानीमा माछा मर्ने परिस्थिति जुन सृजना गरिएको छ त्यसलाई प्रतिवाद गर्न YCL हरहिसाबमा तमतयार रहेको छ|

अभियान नेतृत्वको अराजक, गैर कानूनी आचरण र अन्तर्निहित उद्धेश्यलाई मिहिन ढङ्गले हेरेर मात्र अभियानमा सहभागी हुनपनि हामी आम नेपाली माझ आग्रह गर्दछौँ| अहिलेको दबाबमूलक आर्थिक अवस्थाको हवाला दिँदै देश बर्बाद भैसक्यो भन्ने भाष्य गलत रहेको छ, यसले जनताको चेतनामाथि धावा बोलेको छ| केहि चुनौती अवश्य छन् तर संस्थागत सुधार सहित दिर्घकालिन आर्थिक सुधारको पक्षमा YCL रहेको पनि जानकारी गराउन चाहन्छौँ|

भोलिको दुवै आन्दोलनमा YCL प्रतक्ष्य सहभागी हुने छैन| यसको मतलब हामी चुप लगेर बस्छौं भन्ने पक्कै होइन, हामी निरन्तर घटनालाई आफ्नो तर्फबाट हेरिरहेका छौँ| अराजक घटना घटाउन खोजिएको खण्डमा हामी सिघ्र फिल्डमा त्यस्तो गतिविधि रोक्न अघि बढ्नेछौं|

अहिलेको व्यवस्था र संविधान हजारौं नेपालीहरुको रगत पसिना र निरन्तरको आन्दोलनको जगमा आएको हो| केहि समस्या पक्कै छन् तर समस्याको समाधान पनि यहि व्यवस्था अन्तर्गत रहेर गर्नुपर्नेमा YCL कटिबद्ध छ|

दिलीप सिंह
संयोजक
काठमाडौँ महानगर