प्रसाईंको समूहले भोलिदेखि तीनकुनेमा प्रदर्शन गर्ने
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । बिहीवार अपरान्ह बल्खुमा सम्बोधन गर्दै प्रसाईंले भोलिदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएका हुन् ।
प्रसाईंले शान्तिपूर्ण प्रदर्शनमा रहेका आफ्ना समर्थकलाई अश्रुग्यास प्रहार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । बल्खुमा प्रहरीसँग भएको झडपमा आन्दोलनकारीहरु घाइते भएपछि प्रसाईंले यस्तो बताएका हुन् ।
‘हाम्रोतर्फ ८/१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५/३० जना घाइते भएका छन्, अब भोलिदेखि काठमाडौं बन्द हुन्छ ।’ प्रसाईंले भने ।
प्रसाईंको नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लागेपछि प्रहरीले बल प्रयोग गर्न सुरु गरेको थियो । त्यसक्रममा बल्खुमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरिएको छ भने अझै तनाव जारी रहेको छ