एपीवानले रोकिदियाे भूषण दाहालको दुर्गा प्रसाईंसँगको अन्तर्वार्ता
काठमाडौं । एपी वान टीभीले पत्रकार भुषण दाहालको अन्तर्वार्ताको कार्यक्रम प्रशारण रोकिदिएको छ । पत्रकार दाहालले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै ३५ वर्षे अनुभवमा पहिलो पटक यस्तो भएको बताएका छन् । उनले आफ्नो कार्यक्रममा मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई अतिथि बनाएका थिए ।
उनले सामाजिक सञ्जालमा छन्, ‘वाह ! लोकतन्त्र । ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपीवान एचडीबाट प्राप्त भएकाले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु ।’
उनले व्यवस्थापनको हवाला दिँदै कर्मचारीले फोन गरेर कार्यक्रम रोकिने जानकारी दिएको बताएका छन् । ‘त्यसपछि मैले हस् भनिदिएँ’, उनले सुनाए, ‘अब दुर्गा प्रसाईंको मात्रै हो कि अरु पनि लिस्टमा छन् मलाई थाहा भएन ।’ उनले कन्टेन्ट नहेरी कसैको दबाबमा यस्तो भएको हुन सक्ने बताएका छन् । तर दबाब कोबाट आएको भन्ने विषयमा उनले खुलाउन चाहेनन् ।