कोपिला भ्याली सेवा समाजद्वारा भूकम्प प्रभावितलाई राहत सामाग्री प्रदान
प्रकासित मिति : २०८० कार्तिक २४, शुक्रबार २०:३९
प्रकासित समय : २०:३९
जाजरकोट । कोपिला भ्याली सेवा समाजद्वारा भूकम्प प्रभावितहरुलाई राहत सामाग्री प्रदान गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका– ५, का भूकम्प प्रभावितहरुलाई उक्त राहत वितरण गरिएको हो ।
प्रभावितहरुलाई एक सय त्रिपाल एक सय प्याक चामल र एक सय वटै सिरकहरु वितरण गरिएको छ । कोपिला भ्याली सेवा समाजका उपाध्यक्ष गोगन बहादुर मल्ल, वडाअध्यक्ष हरि बहादुर सिंहलगायतले पीडित नागरिकलाई संयुक्तरुपमा सामाग्रीहरु वितरण गरेका थिए ।
यो वडाका साढे ८ सय घरधुरीमध्ये अधिकांश घरमा भूकम्पले क्षति पुर्याएको छ । अहिलेसम्म १२४ वटा त्रिपाल मात्रै वितरणका गरिएको छ । नागरिकहरु भने आवश्यक राहत र त्रिपाल नपाउँदा कष्टकर दैनिकी बिताइरहेका छन् । यो जाजरकोटको सबैभन्दा दुर्गम गाउँपालिका हो ।