जाजरकोटमा हाइस दुर्घटना
प्रकासित मिति : २०८० कार्तिक २४, शुक्रबार १०:५६
प्रकासित समय : १०:५६
जाजरकोट । जाजरकोटको कालेगाउँमा हाइस दुर्घटना भएको छ ।
नेपालगञ्जदेखि रिम्ना जाँदै गरेको लु२ख ६७८९ नम्बरको हाइस भेरी नगरपालिका–३ कालेगाउँमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाका अनुसार सो हाइसमा चालकसहित ९ जना सवार रहका थिए ।
त्यसमा दुई जना गम्भीर घाइते भएको उनले बताए । उनीहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।