भूकम्प प्रभावितलाई तीन संस्थाले गरे पाल र बल्यांकेट वितरण
प्रकासित मिति : २०८० कार्तिक २२, बुधबार ०९:५८
प्रकासित समय : ०९:५८
सुर्खेत । जाजरकोटका भूकम्प प्रभावितहरुलाई वास नेपाल, ग्लोबल पिस फाउन्डेशन र युथ एड्भोकेसी नेपालले राहत वितरण गरेका छन् ।
बास नेपालका कर्णाली प्रदेश संयोजक धीरेन्द्र शाहीका अनुसार ९० वटा त्रिपाल र पाँच सय वटा ब्लयाङ्केट भूकम्प प्रभावितहरुलाई दिइएको छ ।
उक्त राहत सामाग्री जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटद्वारा सञ्चालित एकद्वारा राहत संकलन र वितरण केन्द्रलाई उपलब्ध गराइएको छ ।
राहत युथ एड्भोकेसि नेपालका संयोजक रामबहादुर बटाला र बास नेपाल कर्णाली प्रदेश संयोजक धीरेन्द शाहीले हस्तान्तरण गरेका थिए ।