नेपालगंज मुस्लिम समाजद्धारा जाजरकोटका भूकम्प पिडितलाई राहत सहयोग
प्रकासित मिति : २०८० कार्तिक २१, मंगलवार २३:१७
प्रकासित समय : २३:१७
नेपालगन्ज, नेपालगंज मुस्लिम समाजले जाजरकोटका भूकम्प पिडितलाई राहत सहयोग गरेको छ ।
मुस्लिम समाज सोमबार जाजरकोट पुगेर भूकम्पबाट प्रभावितहरुलाई लाखौं मुल्य बराबरको राहत खाद्यान वितरण गरेको हो ।
मुस्लिम समाजका अध्यक्ष अब्दुल हकिम हल्वाई र सचिव मेराज अहमद हिमालयको नेतृत्वमा गएको टोलिले भूकम्पको अत्याधिक प्रभावित क्षेत्र जाजरकोट पुगेर चामल, दाल, आलु तरकारी, चाउचाउ, भुजा लगायत दैनिक उपभोग्य सामान र भाडाकुडा सहितको राहत सामग्रीहरु भूकम्प प्रभावितहरुलाई हस्तान्तरण गरेको हो ।
शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामिडाँडा केन्द्र विन्दु भएर गएक ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुममा गरेर सहित कर्णालीका ठुलो जनधनको क्षति भएको हो ।