राष्ट्रिय जनमोर्चा बाँकेको अध्यक्षमा मोमिना खातुन
प्रकासित मिति : २०८० कार्तिक १९, आईतवार २१:३१
प्रकासित समय : २१:३१
नेपालगन्ज, राष्ट्रिय जनमोर्चा बाँकेको अध्यक्षमा मोमिना खातुन चयन भएकी छन् ।
मोर्चाको चौथों जिल्ला सम्मेलनबाट अध्यक्ष मोमिना खातुनलाई निर्वाचित गरेको छ ।
साथै मोर्चाको जिल्ला उपाध्यक्षमा जगदीश ढकाल, सचिव मन बहादुर सुनार, कोषध्यक्ष पुर्णकला भण्डारी, सदस्यहरु परशुराम लामिछाने, बालाराम न्यौपाने, लोक बाहादुर खत्री, कल्पना पौडेल, राम प्रसाद चौधरी, माधवा जिसी, राम प्रसाद चमार, निसार खा चयन भएका छन् ।
त्यस्तै सल्लाहकार समितीमा कृष्णराज पाण्डेय, भिम प्रसाद देबकोटा, माला केसी, जोक प्रसाद भण्डारी चयन भएका छन् ।