भुकम्पका घाईतेहरु भेट्न भेरी अस्पताल पुगे आरसिपीका नेता दिपक चलाउने

नेपालगन्ज, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका युवा नेता उदय बहादुर चलाउने ‘दिपक’ भुकम्पका घाईतेहरु भेट्न नेपालगन्जको भेरी अस्पताल पुगेका छन् ।

पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज समेत रहेका नेता चलाउने भुकम्पमा घाईते भएर जाजरकोट र रुकुमबाट उपचारको लागी ल्याइएका बिरामीहरुलाई भेट्न आईतबार नेपालगन्जको भेरी अस्पतालमा पुगेका हुन् ।

नेता चलाउनेले भेरी अस्पतालमा पुगेर घाईते बिरामीहरूको स्वास्थ अवस्था बुझेेर पर्किएको पार्टीका बाँके जिल्ला संयोजक कृष्ण शाह (परिवर्तन)ले जानकारी दिए ।

उनले जाजरकोटमा केन्द्र बिन्दु बनाएर गएको भुकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतको लागी आफ्नो पार्टीले पहल गरिरहेको र भुकम्प प्रभावित क्षेत्रमा स्वास्थकर्मी र राहत सामग्री सहितको जनशक्ति परिचालन गर्ने योजना बनाइरहेको समेत उनले जानकारी दिए ।