भूकम्पका घाईतेहरुको लागी भेरी अस्पतालमा वाइसीएलको रक्तदान

नेपालगन्ज, जाजरकोटको रामिडाँडा केन्द्र बिन्दु बनाएर शुक्रवार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परेर घाईते बिरामीहरुको उपचारमा रगत अभाव हुन नदिनको लागी नेपालगन्ज रक्तदान गरिएको छ ।

नेकपा माओवादी केन्द्र निकटको युवा संगठन वाइसीएल, नेपाल बाँके, अखिल (क्रान्तिकारी) बाँके र नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर समिटी बाँकेले आईतबार संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेको हो ।

नेपालगञ्जको भेरी अस्पताल, रक्त सञ्चार केन्द्रमा बिहान दस बजे देखि रक्तदान कार्यक्रमको आयोजना गरिएको वाइसीएलका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज किस्मत अलि शेष जितले जानकारी दिए ।

रक्तदान कार्यक्रममा ७५ पोइन्ट रगत संकलन गरिएको उनले जानकारी दिए ।

कार्यक्रम नेकपा माओवादी केन्द्रका बाँके जिल्ला अध्यक्ष नरेन्द्र पाण्डे जेम्स, नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष रतन शाही लगायतको उपस्थिति रहेको थियो ।

भूकम्पकाका कारण जाजरकोटको भेरी नगरपालिकास्थित खलंगा बजार र नलगाढ नगरपालिका र रुकुमको आठविसकोट गाउँपालिकाम धेरै क्षति भएको छ ।

दुवै जिल्लाका घाईतेहरुलाई उपचारको लागि नेपालगञ्ज ल्याइएको छ। ती विरामीहरुलाई रगत अभाव हुन नदिन उक्त कार्यक्रमको आयोजना गरिएको नेकपा माओबादी केन्द्रका नेपालगन्ज उपमहानगर अध्यक्ष रतन शाहीले जानकारी दिए ।