राहत लिएर नलगाड पुगे कर्णालीका प्रथम मुख्यमन्त्री शाही र प्रदेश इन्चार्ज यादव
बिरेन्द्रनगर, कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्रि महेन्द्र बहादुर शाही भूकम्प पिडितको राहतको राहत लिएर जाजरकोट पुगेका छन् ।
प्रथम मुख्यमन्त्री शाही सहित नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज मातृका यादव सहितका नेताहरु सुर्खेतको कोपिला भ्याली स्कुल संगको सहकार्यमा भुकम्प पिडीतको लागि त्रिलाल र ब्लाङ्केट सहितको राहत लिएर आईतबार जाजरकोटको अत्याधिक भूकम्प प्रभावित क्षेत्र नलगाड पुगेका हुन् ।
प्रथम मुख्यमन्त्री शाही र प्रदेश इन्चार्ज यादवले बिपद व्यवस्थापन र पुर्न निर्माण कसरी गर्ने भन्नेबारे नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत दलविर बिक छलफलमा लगायत संग छलफल समेत गरेका छन् ।
केही दिन पहिले जाजरकोटको रामिडाडाँ केन्द्रबिन्दु भएर भुकम्प गएको थियो । उक्त भूकम्पमा परेर १५७ को मृत्यु भएको छ भने २५६ जना घाईते भएका छन् ।
उक्त भूकम्पकाका कारण जाजरकोटको भेरी नगरपालिकास्थित खलंगा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति भएको छ ।