जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीको अभाव

जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीको अभाव भएको छ । भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि औषधीको अभाव भएको हो  ।  सुर्खेत र कर्णाली प्रतिष्ठानबाट पठाउने तयारी जाजरकोट भूकम्पमा मानवीय तथा भौतिक क्षति भएको छ। उद्धार र राहतका लागिमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ।

सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मी र औषधि पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। भूकम्पमा परी अहिलेसम्म ६५ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेकाे छ। शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा गएको थियो ।