सेनाले माग्यो २२९ सहायक सेनानीमा आवेदन
प्रकासित मिति : २०८० कार्तिक १७, शुक्रबार ०७:५७
प्रकासित समय : ०७:५७
काठमाडौं । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आव्हान गरेको छ ।
रिक्त २२९ अधिकृत पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको भर्ना छनोट निर्देशनालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।
जारी सूचनामा मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर दस्तुर बुझाएर भने एक हप्ता पछिसम्म आवेदन दिन सकिनेछ ।