लोप हुदै कर्णालीका परम्परागत पानी घट्ट

दैलेख, कर्णाली प्रदेशका पहाडी जिल्लामा रहेका पानीघट्ट बिस्तारै लोप हुन थालेका छन् । केही वर्ष पहिले प्रर्याप्त मात्रामा देखिने घट्ट अहिले लोप हुने अवस्थामा पुगेका हुन् । अपबाद गाउँमा बाहेक अहिले पानीघट्ट बन्द भएको अवस्थामा देखिने गरेका छन् ।

‘ग्रामीण बस्तीका लागि पानीघट्ट एक महत्वपूर्ण आवश्यकताको वस्तु हो । गेडागुडी पिसेर पिठो बनाउन पानीघट्ट र जाँतोको प्रयोग हुँदै आएको छ । जाँतोको विकल्पमा प्रयोग हुने गरे पनि पानीघट्ट ग्रामीण क्षेत्रको लागि महत्वपूर्ण साधनको रुपमा लिने गरिएको डुङ्गेश्वर गांउपालिका ३ का स्थानीय शिक्षक तारा कुमार थापाले बताए । पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहुँ, कोदो, चामल, मकै र फापरलगायतका अन्न पिसानी गर्ने गर्दथे । अहिले आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानी लोप हुन थालेको थापाले बताए ।

‘पानीघट्ट, जाँतो र ओखलसँग हाम्रो नजिकको सम्बन्ध छ । यसको संरक्षण र सम्बद्र्धन निकै आवश्यक छ ।’ शिक्षक थापाले भने, संकटमा रहेका यस्ता वस्तुलाई संरक्षण गरी राख्न सके भावी सन्ततिका लागि इतिहास बन्न सक्छ ।’ त्यस्तै ग्रामीण बस्तीको अर्को महत्वपूर्ण साधन भनेको ओखल पनि हो । पिसानीका लागि पानीघट्ट र जाँतो जस्तै कुटानीको माध्यम ओखल हो । अहिले पुरानो पानीघट्ट, जातो र ओखलको अस्तित्व हराउँदै गएको छ ।

त्यस्तै जाजरकोट, दैलेख, कालिकोट, रुकुम सल्यान, लगायतका कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका सयौं घट्टहरु आधुनिकत्ता बढेपछि बन्द अवस्था रहेका छन् भने न्यूनअवस्थामा सञ्चालनमा रहेका छन् ।