फाेहर व्यवस्थापनका लागि वडाकार्यालयले गर्यो डस्टबिन वितरण

नेपालगन्ज, नेपालगन्ज सदरलाईन बजार क्षेत्रमा सरसफाई तथा फाेहर व्यवस्थापनका लागी डस्टबिन वितरण गरिएको छ । नेपालगन्ज वडा न.११ वडा कार्यालयको आयोजनामा डस्टबिन वितरण कार्यक्रम गरिएको हाे ।

वडा कार्यालयले नगरवासी र व्यावसायिहरुलाई वितरण गरिएका डस्टबिनहरूको सही प्रयोग गरी फोहोर मैलाहरू अन्यत्र नफालेर डस्टबिनमा हाल्नको लागी अनुरोध गरेको छ ।

त्यसैगरी “हाम्रो वडा स्वच्छ, सफा अनि सुन्दर वडा” बनाउने अभियानमा लामबद्ध हुन समेत अपील गरेको छ।

वडा अध्यक्ष नन्दकिशोर कश्यपकाे अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य राजेश कुमार वैश्य, महिला वडा सदस्य पुनम कुमारी लखेर लगायत वडा कार्यालयको कर्मचारीहरु सहभागिता रहेको थियो बजारमा विभिन्न स्थानमा फाेहर संकलनका लागि १५० थान डस्टबिन वितरण गरिएको छ ।