अछामका सिडियो अधिकारीलाई माओवादी केन्द्रको ७ बुदे ज्ञापनपत्र

अछाम, नेकपा (माओवादी केन्द्र) ले अछामका प्रमुख जिल्ला अधिकारीलाई ७ बुदे माग सहितको ज्ञापनपत्र बुझाएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज ओम प्रकाश पुन नेतृत्वको टोलिले पार्टीको तर्फबाट सोमबार जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी सराेज कुमार पाेखरेललाई ७ बुदे ज्ञापनपत्र बुझाएको हो ।

जिल्लामा पछिल्लो केही समय यता बर्षा र असिनाका कारण पाकेको अन्न बाली नष्ट भएको लगाएतका बिषयलाई समेटेर प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले ज्ञापनपत्र पेश गरिएको जनाएको छ ।

उक्त मागपत्रमा हिजो बेलुका आएको आँधी हुरी र असिना पानीले कमलबजार नगरपालिका वडा नम्बर ५ र पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुइका, मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँ लगायत जिल्लाका विभिन्न ठाउँमा वालिनालिको क्षेती गरेको जनगुनासो आएकाले तत्काल त्यसको विवरण संकलन गरि क्षतिपूर्तिको लागि पहल गर्न, जिल्लामा भुकम्प र बाढी पहिरोका कारण क्षति भएका घर तथा धनजनको क्षतिपूर्ति र निर्माण कार्य पनि कतिपय ठाउँमा नभएको भन्ने जनगुनासो आएकोले त्यसका बारेमा पनि पहल गर्न, जिल्लामा विधुत लोडसेडिङ अनियमित रुपले हुने गरेको र त्यसको कुनै समय तालिका नभएकोले त्यसका बारेमा केहो र किन भैरहेको छ भन्ने विषयमा बिधुत प्राधिकरणलाई बुझी समस्या समाधानको लागि पहल गर्न माग गरेको छ ।

त्यस्तै दशै तिहारको समयमा गाउँ गाउँमा जाने बाटो घाटोको सरसफाइ हुन ढिलाइ भएको, रुट परिमिट र सवारी भाडामा मनपरि भएको र ट्राफिक प्रहरी लगाएत सवारी चालक परिचाकहरुबाट जनताहरुले सास्ती भोग्नु परेको जनगुनासो आएकोले त्यसको अनुगमन गरि समस्या समाधान गर्न, समयमा बजारमा अखाद्य पदार्थको बिक्रीवितरण, जुवातास र जाँडरक्सीको अनियमित प्रयोगका कारण धनजनको क्षति हुने संभावना भएकोले त्यसको कडा अनुगमन र निगरानी गर्न, जिल्लामा मिटर व्याजी, लघुवित्त र भुमाफियाको केही चलखेल छ भन्ने जनगुनासो आएकोले त्यसमा निगरानी र नियन्त्रण गर्न र सॉफेवगर नगरपालिका अन्तरगतको बैजनाथ रैकर गुठियारहरुको समस्या समाधान पनि सकारात्मक पहल गर्न समेत माग गरिएको छ ।

यस्तो छ ज्ञापनपत्र