बाँकेमा जनश्रमदानमा जुट्दैं माओवादी नेताकार्यकर्ता

नेपालगन्ज । माओवादी केन्द्र बाँकेका नेता-कार्यकर्ताहरुले जनतासँग प्रत्यक्ष जोडिएर श्रमदान लगायतका सामाजिक कामहरु गरेर विषेश रुपान्तरण अभियानलाई अगाडी बढाएका छन् ।

गत भदौ १६ गते देशैभर एकसाथ सुरु भएको तीन महिने ‘जनतासँग माओवादीः विषेश रुपान्तरण अभियान’ अन्तर्गत बाँकेका माओवादीले स्थानीय जनताका धान काटेर जनश्रमदान गरेका हुन् ।

अभियान अन्तर्गत आइतबार विहान नेपालगञ्ज उप-महानगरपालिका वडा न. २० माइगाउँ शहिद सीता शर्माको खेतको धान काटेर जनश्रमदान गरिएको वडा न.२० का वडा कमिटी अध्यक्ष धर्मराज छत्यालले जानकारी दिनुभयो।

बिहानै माओवादीहरु खेतैमा पुगेर धान काटिदिँदा स्थानीय खुशीले दङ्ग परेका थिए । माईगाउँका स्थानीयहरुले विहानै माओवादी आएर खेतमा पाकेको धान काटिदिँदा आफू अत्यन्तै खुशी भएको बताउनु भएको थियो । “चाडपर्व नजिकै आइसक्यो, खेतमा धान पाकेर पहेंलै भएको छ । यस्तो बेलामा माओवादीहरु आएर पाकेको धान काटिदिँदा एकदमै खुशी भएको स्थानीयहरुको भनाई छ।
    
धान काट्ने जनश्रमदानमा पार्टी केन्द्रिय निर्वाचन आयोगका सदस्य तथा वडा इन्चार्ज तिर्थ ज्ञावली ‘राजन’, जिल्ला पार्टी कार्यालय सचिव अर्जुन कार्की, वडामा उपलब्ध नगर कमिटी सदस्य तथा बाहिरबाट नगर कमिटी सदस्य देउमल सुनार मन्जु ज्ञावलि को सहभागिता रहेको थियो २० नम्बर वडा अध्यक्ष धर्मराज छ्त्यालले जानकारी दिनुभयो । माओवादी बाँकेले रुपान्तरण अभियान सँगसँगै जनश्रमदान अभियानलाई पनि निरन्तरता दिइने जनाएको छ ।