दुर्गा प्रसाईका कार्यकर्ताद्वारा एमाले नेताको गाडी तोडफोड
प्रकासित मिति : २०८० आश्विन २५, बिहीबार १८:०४
प्रकासित समय : १८:०४
विराटनगर, काठमाडौँ दुर्गा प्रसाईका कार्यकर्ताले एमाले नेता कार्यकर्ताको गाडी तोडफोड गरेका छन् । काठमाडौंमा केही दिनअघि प्रसाईंमाथि गरेको आक्रमणको जवाफ उनीहरूले महेश बस्नेतको कार्यक्रममा फर्काएका हुन्। झापामा बस्नेत सहभागी एक कार्यक्रममा एमाले कार्यकर्ताको गाडी प्रसाईं र पहिचानवादी समूहले तोडफोड गरेका हुन्।
बिहीबार झापाको अर्जुनधारामा एमाले कार्यकर्ताको गाडी फुटाइएको हो। एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रम चलिरहेका वेला पार्किङमा राखिएको गाडी फुटाइएको थियो।
पहिचानवादीसँग मिलेर दुर्गा प्रसाईं समर्थकले राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशनस्थलका गाडी तोडफोड गरिदिएका छन्। कार्यक्रममा अवरोध प्रयास समेत गरिएको थियो। गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईंका समर्थक विक्रम सुब्बा पक्राउ परेको प्रहरीले जनाएको छ।