सांसदहरुको साप्ताहिक दिमाग परीक्षण गर्ने व्यवस्था गरौं : झकबहादुर मल्ल
प्रकासित मिति : २०८० आश्विन २२, सोमबार २३:२७
प्रकासित समय : २३:२७
काठमाडौं, सत्तारूढ दल नेकपा माओवादी केन्द्रका युवा नेता झकबहादुर मल्ल ‘सुदिप’ ले सांसदहरुको साप्ताहिक दिमाग परीक्षण गर्ने व्यवस्था गर्न सरकार संग माग गरेका छन् ।
सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिदै नेता मल्लले सरकारले सांसदहरुको साप्ताहिक दिमाग परीक्षण गर्ने व्यवस्था गर्न माग गरेका हुन् ।
सरकारले सांसदहरुको साप्ताहिक दिमाग परीक्षण गर्ने व्यवस्था गर्नु पर्नुपर्ने बताउदैं उनले चुनाव जितेको मान्छे पाँचै वर्ष मानसिक रूपमा स्वस्थ हुन्छ भन्ने नहुने समेत बताए ।
त्यस्तै मानसिक सन्तुलन ठीक नभएको साँसदले संसदमा बोल्दा देशको भविष्य खराब हुन सक्ने, त्यसबाट गलत नीति बन्न सक्ने र लोकतन्त्रमा जे पनि बोल्न पाइन्छ भन्ने गलत संस्कारको विकास हुन सक्ने कुरामा सचेत गराए ।
यस्तो छ प्रतिक्रिया