प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता
प्रकासित मिति : २०८० आश्विन २०, शनिबार ११:२८
प्रकासित समय : ११:२८
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
आज (शनिबार) बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
भेटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत विविध विषयमा छलफल भएको छ । उनीहरुबीचको वार्ता अहिले जारी छ । वार्तामा दुई नेता मात्रै सहभागी छन् । ‘एक घण्टादेखि उहाँहरु छलफलमा हुनुहुन्छ,’ स्रोतले सुनायो ।