कोहलपुर मदनचोकमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

कोहलपुर, कोहलपुर नगर हाम्रो सहर सफा राख्ने हामी सबैको रहर भन्ने मुलनाराका साथ कोहलपुर नगरपालिकाको वडा नं ३ र ४ को संगमस्थल मदनचोकमा बृहत सरसफाइ कार्यक सम्पन्न भएको छ ।

हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगर भित्रका विभिन्न स्थानहरुमा बृहत सरसफाइ कार्यक्रम आयोजना गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष मुवारक अलि गुजरले कार्यक्रम चेतनामूलक भएको र यसमा स्थानीय बासिको अहम भूमिका हुनुपर्नेमा जोड दिए । अहिले नगरे कहिले गर्ने अहिले नगरे कहिले गर्ने स्थानीय सरकार हातमा हात मिलाउन तयार रहेको जानकारी दिदै आगामी दिनमा सबैको सहभागी हुने र सरसफाइ गरिएको स्थान हरेक शनिबार स्व स्फुर्त रुपमा निरन्तर दिन आम मदनचोक बासि लाई अनुरोध गरे ।

सरसफाइ कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रशासकिय अधिकृत धोलकराज ढकाल, वडा नं ३ का वडा सदस्य हरिलाल जैसी, नगरकार्यपालिका सदस्य पवित्रा चौधरी, कोहलपुर बृहत खानेपानी सरसफाइ संस्थाका अध्यक्ष टेकनारायण भुषाल, कोहलपुर नगर प्रहरी प्रमुख वीर बहादुर थापा, नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा सभापति दिनेश सिग्देल, शिवशक्ती आ वि का प्र अ बद्रीनाथ सापकोटा, समाजसेवी प्रकाश सिग्देल लगायतको उपस्थित रहेको थियो ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन पुस्तकालयका सचिव एकराज शर्माले गरेका थिए ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर, कोहलपुर नगर प्रहरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुर, लुमन्ती आवासका लागि सहयोगि संस्था, रझेना खानेपानी उपभोक्ता संस्था, कोहलपुर जेसिज, डाईनामिक युथक्लव कोहलपुर, चुलिमालिका सहकारी संस्था कोहलपुर, नवकिशान सहकारी संस्था कोहलपुर विजुली व्यवसाय संघ बांके, प्रहारीबिट मदनचोक, ट्राफिक प्रहरी कोहलपुर लगायतका विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा सम्पन्न गरियो ।

सन्चारकर्मि तथा डाईनामिक युथकलव कोहलपुरकि सचिव कल्पना कार्की, रेडियो कोहलपुर एफ एम कोहलपुर टुडे लगायतका सन्चारकर्मिहरुको उपस्थित रहेको पुस्तकालय सचिव शर्माले जानकारी दिए ।