देशमा ठुलो राजनीति परिवर्तन माओवादी कै कारण आएकाे हो : पुर्व मुख्यमन्त्री शाही
सुर्खेत। कर्णालीका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशमा ठुलाे राजनीति परिवर्तन माओवादी कै कारण आएकाे बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आईसिटी फाेरम नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै शाहीले यस्तो बताएका हुन् ।
उनले देशका अपराधी र मानव तस्करहरुलाई सुलीमा चढाएर सजाय दिनुपर्ने समेत बताएका छन् । नेता शाहीले एक- एक घटनाहरुकाे अनुसन्धान गरेर मान्छेसहित बेच्ने मानव तस्करलाई सुलीमा चढाएर सजाय दिनुपर्ने बताए । उनले भने,’ यसअघि अधिकारको लागि लडेकाे माओवादीकाे अबकाे युद्ध भनेकाे सुशासन र भ्रष्टलाई तह लगाउने हुनुपर्छ।’
‘तर, माओवादी विरुद्ध नै सुचना, प्रविधिकाे प्रयाेग गरेर अरुले हमला गरिरहेका छन्,’ उनले भने,’ अब आइसिटी फाेरमले त्यसकाे चिरफार गर्नसक्नुपर्छ।’
माओवादीले आइसिटी फाेरम संचालनमा ल्याउनुकाे प्रमुख कारण प्रविधिकाे प्रयाेग गरी माओवादीमाथि भइरहेकाे हमलाकाे चिरफार गर्नु रहेकाे शाहीकाे भनाइ छ।
उनले भने,’माओवादी शान्ति प्रक्रियामा आएसँगै सुचना, संचारकाे विषयमा कुरा गर्याैँ तर हामीले प्रयाेग गर्न सकेनाैँ, तर अरुले गरेर हामीमाथी नै हमाल गरिरहे,’ उनीले भने,’ उनीहरुले माओवादीबारे भ्रम छरे । अब हामीले टक्कर दिने गरि याे संगठनलाई अग्रसर गराउनुपर्छ।’