माओबादी सरकारले गरेका राम्रा कामले बिरोधीहरु छट्पटाए : अध्यक्ष केसी

दैलेख। नेकपा माओबादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसीले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको राम्रा  काम देखेर बिरोधीहरुको निन्द्रा हराम भएको बताएकी छन । शनिबार दैलेखको डुंगेश्वरमा आयोजित जनतासंग माओबादी रुपान्तरण कार्यक्रममा बोल्दै पछिल्लो पटक सरकारले गरेका जनप्रेमी काम देखेर बिरोधीहरु अतालिएको बताएकी हुन ।

अध्यक्ष केसीले माओबादीले नै जनताका अधिकार सुनिश्चत गरेको देखेर प्रतिक्रियावादीहरुले प्रश्न उठाइरहेको बताइन । गणतन्त्रकै जगमा आएको संघीयताले जनतालाई धेरै अधिकार दिएको तर यसलाई अझै संस्थागत बिकास गर्नुपर्नेमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

उनले भनिन्, “गरिब, दलित, महिला, सीमान्तकृत, उत्पीडित, अल्पसङ्ख्यक, आदिवासी,जनजाति, उपेक्षित वर्ग, जाति, लिङ्ग, भाषाभाषी र धर्मावलम्बीलाई मौलिक हक प्राप्त भएको छ यो माओबादी आन्दोलनको उपलब्धी हो ।

राज्यका विभिन्न निकायमा सबै वर्गको अपेक्षित सहभागिता हुनु र मुलुकमा संघिय गणतन्त्रमा प्रबेश गरेर समाजबाद उन्मुख हुनुमा माओवादी जनयुद्धको उपज भएको अध्यक्ष केसीले जिकिर गरिन ।