सहिद रामवृक्ष यादवकाे २९ औं स्मृति दिवस कार्यक्रम सर्लाहीमा सम्पन्न

सर्लाही, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सर्लाहीको आयाेजनामा सहिद रामवृक्ष यादव(मास्टर साहेब)काे २९ औं स्मृति दिवस एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

सर्लाहीको हरिवनमा आयाेजित कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पार्टी जिल्ला संयाेजक प्रकाशले सहिद रामबवृक्ष यादवकाे जीवनी र उनकाे याेगदानबारे चर्चा गरे । उनले २९ बर्ष अघि मास्टर साहेबकाे सहादत भएको र उनकाे याेगदानकाे सम्मान गर्दै कुमार पाैडेललकाे सहादतसम्म आइपुग्दा सहिदकाे सपनाकाे निम्ति दृढतापूर्वक लडाई लड्नुकाे विकल्प नरहेकाे बताए ।

कार्यक्रम बाेल्दै जिल्ला सह-संयाेजक बिहानीले मास्टर साहेबदेखि कुमार पाैडेलसम्मकाे सहिदहरुकाे सपनामाथि गद्दारी भएको भन्दै त्यसको विरुद्ध निरन्तर क्रान्तिकाे झण्डा आफूहरूले बाेकिरहेकाे बताए । उनले श्रमजीवी र उत्पीडित जनताकाे मुक्तिकाे लागि मास्टर साहेबजस्ता महान सहिदहरुकाे सपना पूरा गर्ने प्रतिवद्धता जनाए ।

स्मृति दिवस कार्यक्रम सहसंयाेजक बिहानीकाे अध्यक्ष्यता, संयाेजक प्रकाशकाे प्रमूख आतिथ्यता, सहसंयाेजकद्वय सन्ध्या र ठगाहाकाे आतिथ्यता रहेकाे थियाे । अखिल (क्रान्तिकारी) का मधेस प्रदेश संयाेजक पारस राहादी मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

२०५१ भदौ १ गतेको नेपालबन्द कार्यक्रम सफल पारी महान जनयुद्धको तयारी क्रममा आजको दिन भदौ २ गते आफ्नो गाउँमा फर्किंदै गर्दा सिभिल ड्रेसका पुलिस र नेपाली कांग्रेसका केन्द्रीय नेताहरूकाे योजनामा रामबृक्ष यादव (क. मास्टर साहेब)लाई बर्मझियामा उहाँको निर्मम र अमानवीय ढङ्गले हत्या गरेकाे थियाे ।