कोहलपुरको गोलपार्कमा विद्युतिय स्कुटरको शोरुम सन्चालन
बाँके, कोहलपुर नगरपालिका-११ न्युरोड गोलपार्कमा विद्युतिय स्कुटरको शोरुम सन्चालनमा आएको छ ।
कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदी तथा उधोगवाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्षमणराज पौडेलले संयुक्तरूपमा रिवन काटेर कोहलपुर गोलपार्कमा सन्चालनमा आएको उक्त शोरुमको उदघाटन गरेका हुन ।
उदघाटन कार्यक्रममा बोल्दै उपप्रमुख सुवेदीले कोहलपुर उदाउँदो सहरका रूपमा विकास हुँदै गएको व्यापारीक केन्द्र हुँदै गएको कारण विभिन्न सवारी साधनका डिलरहरु खुल्दै गएको वताईन । उनले अब कोहलपुरबासिहरु कुनैपनि सामान खरिद गर्न बाहिर जानू नपर्नेगरी सुविधा सम्पन्न कोहलपुर हुँदै गएको जिकिर गरिन ।
कार्यक्रममा उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्षमणराज पौडेलले शोरुम खुल्नु कोहलपुर बासिको लागी मात्र नभई लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशको केन्द्रविन्दुमा रहेकोले सबैको सहजता हुने वताए । आजको पेट्रोलको भाउ निकै बढेको समयमा आम उपभोक्तालाई निकै सस्तो दर र इलेक्टि्रकल माध्यमको गाडी चढ्नु आजको आवश्यकता भएको वताए ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका पुर्व केन्द्रिय सदस्य चक्र अधिकारीले शोरुमबाट इलेक्टि्रकल गाडी निकै सहज रूपमा विन झन्झट चढ्न पाईए भएकोले आफू निकै खुसी भएको धारण व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेल, प्रदेश ख सभापति बलाराम शर्मा, उपप्रमुख संगिता सुवेदी, उधोग वाणिज्य संघका अध्यक्ष लक्षमणराज पौडेल, चक्र अधिकारी, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङन विषयका उपप्राध्यापक एकराज शर्मा लगायतको उपस्थित रहेको थियो ।