कुशेका रमेश भारतको गौरीकुण्डमा बिरामी सहयोग गरिदिन आफन्तको अपिल !

जाजरकोट, कुशे गाउँपालिका ६ जचौरी गाउँका रमेश शाही भारतको गौरीकुण्डमा बिरामी हुदा समास्यामा परेका छन । मजदुरी गर्न गौरीकुण्ड पुगेका शाही एक्कासी बिरामी हुदा समास्यामा परेका हुन ।

उनका ज्वाँई नाता पर्ने प्रकाश सिंहका अनुसार रमेश गौरिकुन्डमा काम गर्न गइरहेको अवस्थामा ब्लड प्रेसले गर्दा टाउकोमा असर पर्दा उनी अचेत भएका छन । डाक्टरका अनुसार उनको नशा फुटेको बताइएको छ ।

आर्थिक अभावका कारण मजदुरी गर्न भारत पुगेका ३२ बर्षिया रमेशको उपचारमा समास्या परेको बताइएको छ । अहिलेसम्म दुई लाख भन्दा बढि खर्च भइसक्यो तर बिरामी अचेत छ कुसेन्युजसंग कुरा गर्दै उनका ज्वाँई नाता पर्ने सिंहले भने अब परिबारको बसमा छैन । ऋण सापट गरेर सबै सकियो । हामीले सहयोगको अपेक्षा गरेका छौँ । डाक्टरले अझै ७/८ लाख लाग्ने बताएको छ उनले भने । 

बिरामी अहिलेसम्म अचेत भएको र एम्बुलेन्स रिजब गरेर लखनउ ल्याइएको बताइएको छ । घरको कमजोर आर्थिक अवस्थाका कारण केही समय अगाडि उनका बुवाको उपचार गर्दागर्दै पहिले धेरै पैसा सकियोे सिंहले भने उनिहरु आफैले केही गर्न सक्ने अवस्था नै छैन । किनकि एक बर्ष अगाडि  बुवाको उपचारमा १५/२० लाख रकम सकियो अप्ठ्यारो पर्यो । मानवियतालाई मध्यनजर गर्दै सबैलाई हाम्रो आग्रह छ । एउटा होनहार युवालाई बचाउन सहयोग गरिदिनुपरो ।

यस्तो छ उनका आफन्तले गरेको सहयोगको अपिल जस्ताको तस्तै 

सके जति सहयाेग गरिदिन सम्पूर्णलाई हार्दिक अनुराेध गर्दछु🙏🙏कुशे गाउपालिका वडा नं ६ जचाैरिगाँउ निबासी रमेश बिक्रम शाहि भारतकाे गाैरिकण्ड डाेलि बाेक्ने क्रममा एक्कासी बिरामी भई लखनउ अस्पतालमा उपचारका भैरहेकाे र डाक्टरका अनुसार प्रेसरले हानेर टाउकाको नसा टुटेकाे र उपचारमा 3/4 लाख खर्च भैसकेकोले अझै धेरै पैसा लाग्ने भएकोले अार्थिक समस्या परेकाे हुदा यहि सामाजिक संजाल मार्फत सहयोग गरि सबैले रमेश बिक्रम शाहिकाे ज्यान बचाउनका लागि एक जुट भैई मृत्युको मुखबाट बचाई दिन हार्दिक अनुराेध गर्दछाै 🙏🙏🙏

बिरामी – रमेश बिक्रम शाहि कुशे गाउँपालिका ६ जचाैरिगाँउ जाजरकोट
खाता वलाकाे नाम – Prem bahadur singh . खाता नम्बर – 0726201858221018
kris bikash baink Jajarkot baranch
सम्पर्क माेबाईल नम्बर =9862564064