क्रान्तिकारी युवा संगठन नेपालको संयोजकमा हरिष भट्ट

काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट युवा संगठन क्रान्तिकारी युवा संगठन नेपालको संयोजकमा हरिष भट्ट चयन भएका छन् ।

तत्कालीन युवा जनस्वयम्सेवक नेपाल र क्रान्तिकारी युवा लिग नेपाल बीच एकता पश्चात बनेको क्रान्तिकारी युवा संगठन नेपालकाे बुधवार सम्पन्न एकता भेलाले भट्टलाई संयोजकमा चयन गरेको हो ।

एकता भेलाले हरिष भट्टको संयाेजकत्वमा ८५ सदस्सिय सम्मेलन आयाेजक समिति समेत चयन भएको छ।

उक्त एकता भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र वास्तोला ‘कञ्चन’, कार्यालय सदस्य हेमन्त प्रकाश ओली ‘शुदर्शन’, कार्यालय सदस्य उदय बहादुर चलाउने ‘दिपक’ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।