कुनै पनि संकटको सामना गर्न नपर्ने पार्टी क्रान्तिकारी हुनै सक्दैन : धर्मेन्द्र वास्तोला

नेपालको शिक्षा प्रणाली दलाल पूजीवादी सत्ता अनुरुप छ

पछिल्लो समय नेपालका कम्युनिस्ट पार्टीहरु विशेषत नेपालको माओवादी आन्दोलन पटक-पटकको टुटफुट भएर विभिन्न चिरामा बिभाजित हुँदा माओवादी आन्दोलन र सिङ्गो कम्युनिस्ट आन्दोलनको भविष्य संकटतिर गइरहेको छ भन्ने चिन्ता र बहस भइरहेकै बेला माओवादी आन्दोलनबाटै उदायएका दुईओटा पार्टी धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) र मोहन वैद्य ‘किरण’  नेतृत्वको नेकपा क्रान्तिकारी माओबादी बीचमा पार्टी एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गठन भएको छ ।

देशमा भइरहेका कम्युनिस्ट, बामपन्थिहरु सबै एक ठाउँमा आउनुपर्छ भन्ने बहस चलिरहेकै बेला उनिहरुले यो एकतालाई माओवादी, क्रान्तिकारी र समाजवादीहरु बिचको एकता अभियानको सुरुवात भएको बताउदै यसले विद्यमान संसदीय व्यवस्थाको अग्रगामी रुपान्तरणको आवस्यकता पुरा गर्न एउटा ऐतिहासिक पहलकदमीको रुपमा लिएका छन् । भने अर्को तिर यही संत्ता र सरकारमा रहेका प्रचण्ड–बाबुराम भट्टराई, माधव र अर्को तिर नेत्र विक्रम चन्द ‘विप्लव’ ले समेत समाजवादी मोर्चाको बहस गरेर एकता र धुर्विकरणको बहस चलाईराखेका छन् ।

देशको राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनितीक परिदृष्य, एमसिसी, एसपिपी, नागरिकता विधेयक, नक्कली भुटानी शरणार्थी प्रकरण जस्ता समसामयिक घटनाक्रम र नेपालको विद्यमान शिक्षा क्षेत्रको समस्या र त्यसको समाधानको लागि पार्टीले भूमिका, क्रान्तिकारी पार्टीहरुको एकता र धुर्बिकरण,  आगामी योजना नीति तथा कार्यक्रम लगायतका विविध विषयमा केन्द्रीत रहेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ संग गरिएको संक्षिप्त कुराकानीको एक अंश । प्रस्तुत छ, कञ्चनसँग गरिएको कुराकानीको सम्पादित अंश –

१. पार्टी एकता गर्नुभयो, त्यसपछि के गरिरहनुभएको छ र आगामी योजना के हुदै छ ?

०० प्रश्नहरुकालागि तपाईहरुलाई धन्यवाद ! नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) बिच पार्टी एकता सम्पत्र भएको छ । यो एकता माओवादीहरु बिचको, क्रान्तिकारीहरु बिचको र समाजवादीहरु बिचको एकता अभियानको सुरुवात हो । यो एकता क्रान्तिकारी आन्दोलन बिकाश गर्दै नेपालमा आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद सम्पत्र गर्न, आम कार्यक्रम नयाँजनवादी कामको एउटा खुट्कीलोको पनि पार गर्नै पर्ने आवस्यकता पुरा गर्न एउटा ऐतिहासिक पहलकदमी हो । हाम्रो पार्टी क्रान्त्किारी कम्युनिष्ट पार्टी नेपाल अब त्यही काम पुरा गर्ने अभियानमा अगाडि बढ्दै छ । देशमा नयाँजनवादी–समाजवादी वैकल्पिक सत्ता स्थापना गर्ने बाटोमा अगाडि बढ्दै छ ।

२. ९ बर्ष पहिले वैद्यसंग विप्लवहरु संहित तपाईहरु छुट्टिनु भएको थियो, अहिले पुनः विप्लवहरु संग सम्बन्ध बिच्छेद गरेर मोहन वैद्यसँग एकता गर्नुभयो, यहाँ अलग हुनु र फेरी जुट्नुमा के तादाम्यता छ, कार्यकर्ता जनताकालागि स्पष्ट गरिदिनु हुन्छ कि ?

०० हो, ११ बर्ष आगि प्रचण्डबाट अलग भएर ९ बर्ष अगि सम्म हाम्रो एउटै पार्टी थियो । यो बिचमा अन्तरसंघर्ष, फुट र एकता भएको छ । यो पार्टी जीवनको एउटा प्रक्रिया पनि हो । पार्टीमा कैयौ बिषयमा अन्तरसंघर्षहरु हुन्छन् । त्यो समाधान हुन नसक्दा फुट सम्म पनि जान सक्छ र समाधान भएपछि पुन एकता पनि हुन्छ । यसलाई एकता संघर्ष रुपान्तरणको प्रक्रियामा हेर्नु पर्छ । यसरी हेर्दा हाम्रा पाटीहरु बिचमा यही कुरा अभिब्यक्त भएको हो ।

यहाँ यो पनि स्पष्ट गर्नु आवस्यक छ, कैयौ मानिसहरुले “आज जुट्नु थियो भने हिजो किन फुटेको” भत्रे प्रश्न पनि तेस्र्याउने गरेका हुन्छन र क्रान्तिकारी एकताको महत्व र गरिमालाई कमजोर आँक्ने कोशीश गरीरहेका छन् । तर, हामी दुबै पार्टीको स्थितिमा न त तत्कालिन नेकपा–माओवादीले तत्कालिन नेकपासंग एकता गरेको हो न नेकपा बहुमतले तत्कालिन सम्बन्ध बिच्छेद गरेको नेकपा– माओवादी संग । दुवै पार्टीहरु नयाँ अवस्थामा आएको, नयाँ बुझाई र आवस्यकताको सम्बोधन गर्न खडा भएको अवस्थामानै एकता भएको हो ।

३. यसले तपाईँहरुको राजनीतिक भविष्य संकटतिर गइरहेको छ भन्ने कुरा पनि उठिरहेहेको छ नि ?

०० राजनीतिक भविस्य देशको वैकल्पिक सत्ता स्थापना गर्ने तिरनै गईरहेको छ । कतिपय मानिसहरुका लागी संकटतिर गएको भत्रे पनि लागेको होला, त्यो उनिहरुको कुरा भयो, कतिपय मानिसहरुको सदिक्षा पनि होला कि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राजनीतिक संकटमा घकेलियोस् । अर्को कोणबाट हेर्नु भयो भने, एउटा क्रान्तिकारी पार्टीमा बिभित्र संकटहरु आउने कुरा अस्वभाविक हुदैन । जसरी कुनै पनि देशमा क्रान्तिकारी संकट बिना क्रान्तिकारी परिवर्तन आउँदैन, त्यसैगरी कुनै पनि क्रान्तिकारी पार्टीले संकटको सामना नगरी न त क्रान्तिकारी आन्दोलनको नेतृत्वगर्न सक्छ न क्रान्तिनै सम्पत्र गर्न सक्छ । यसरी हाम्रो पार्टी देशको क्रान्तिकारी संकटको साथै आफैमा पनि संकटतिर जानु आन्दोलनको अनिवार्य शर्त हो । कुनै संकट आई नपर्ने, कुनै संकट पैदा नहुने तथा कुनै पनि संकटको सामना गर्न नपर्ने पार्टी वास्तवमा क्रान्तिकारी पार्टी हुनै सक्दैन ।

४. दुई साना कम्युनिष्ट पार्टीहरु मिलेर मात्र हुँदैन देशमा भइरहेका कम्युनिस्ट, बामपन्थिहरु सबै एक ठाउँमा आउनुपर्छ भन्ने कुराहरु पनि आइरहेका छन्, त्यो विषयमा तपाईँहरुले के सोचिरहनुभएको छ ?

०० यो सोचाई नेपाली समाजमा प्रवल रुपमा उठेको छ । तर, यसमा दुई रुझानहरु स्पष्ट छन् । पहिलो प्रबृत्ति क्रान्तिकारीहरु बिचको एकता हो, जो हामीले प्रयत्न गरी रहेका छौ । दोश्रो प्रबृत्ति संसदवादीहरुको हो, जो प्रचण्ड माधब नेपालहरुले प्रयत्न गरीरहेका छन् । पार्टी एकताको प्रक्रियाबाट हामी क्रान्तिकारी पार्टी बनाउन चाहन्छौ, पार्टीहरुको बिचको एकताको प्रक्रियाबाट उनीहरु संसदीय व्यवस्थामा चुनावी मोर्चा बनाउन चाहन्छन् । यो अन्तर छ ।

५. विशेषत प्रचण्ड–विप्लव, बाबुराम भट्टराई, माधव नेपाल लगायत अन्य कम्युनिस्टहरु विचमा भइरहेको एकता वा समाजवादी मोर्चा बनाउने कुरा चलिरहेको छ, यो बिषयमा किन तपाईँहरुमा कुरा नमिलेको हो ?

०० हो, यहि कुरा माथि पनि भनियो कि उनिहरुले बनाउने “समाजवादी मोर्चा” भनेको यथार्थमा संसदवादी मोर्चा हो, जसले चुनावमा धेरै सिट ल्याउन मदत गरोस भत्रे मान्यता राख्दछ । अहिलेको अवस्थामा चुनावमा जानु या चुनावको प्रक्रियाबाट समाजवाद ल्याउन सकिन्छ कि भनेर दोमन हुनु भनेको क्रान्ति र प्रतिक्रान्तिका बिच ढुलमुल हुनु, अस्थिर रहनु, डोलायमान हुनु, अवसरवादी हुनु तथा यथास्थितिबादको सिकार बत्रु हो जो, अन्ततः प्रतिक्रियावादको सेवा गर्नु हो । पार्टीको नाम कम्युनिष्ट राखेर प्रतिक्रियावादको भूमिका खेलेको एमाले पार्टी देखाउँदै तपाईले माथि उल्लेख गर्नु भएका कतिपय संसदवादी पाटीहरुले आफुलाई क्रान्तिकारी भएको देखाउन खोज्दै छन् र जनतामा वास्तविक क्रान्ति प्रति भ्रम सिर्जना गर्न खोज्दै छन् । तर, त्यसले क्रान्तिकालागि कम र प्रतिक्रान्तिकालागि बढी सेवा गरीरहेको हुन्छ । किन भने त्यसले जनतालाई राजनीतिमा गलत शिक्षा दिईरहेको हुन्छ ।

६. पछिल्लो समय अन्तराष्ट्रिय राजनितीक परिदृष्यलाई कसरी हेरिरहनुभएको छ ?

०० अन्तराष्ट्रिय राजनीतिका धेरै आयामहरु छन् । एउटा त भूमण्डलीकृत साम्राज्यवादले पैदा गरेको आयाम छ जुन पछिल्लो चरण अमेरीका र रुस बिच चलेको छद्म युद्धमा अभिव्यक्त भएको छ । अमेरीकी साम्राज्यवादको उक्साहटमा युक्रेन ध्वस्त भएको मात्र छैन, औपचारिक रुपमा बीसौ शताब्दीको अन्तिम दशकबाट सुरु भएको एकध्रुबिय विश्व अब एक्काईसौ शताब्दीको पूर्वार्धमा बहुध्रुबमा रुपान्तरित हुदै छ । अमेरीका सहित नेटो गठबन्धन सिधै रुससंगको युद्धमा सहभागि हुने अवस्था आयो भने त्यसले चीन, उत्तरकोरिया, इरान र पाकिस्तान सम्मका आणविक देशहरुलाई रुसी बिदेशमन्त्रीले भने जस्तै अमेरीकी अन्तराष्ट्रिय आतंकवाद बिरुद्ध एकताबद्ध गर्ने छ । यसप्रकारको युद्ध फैलिने अवस्था आयोभने अमेरीकी पिछलग्गुको रुपमा रहेको भारतीय सामन्त तथा दलाल पूजीवादी वर्ग पनि क्षेत्रिय सन्तुलनको कारण रुस–चीन गठबन्धनमा सहभागि हुनु अनिवार्य बत्रे छ । यो युद्धमा अमेरीका पराजित भयो भने सम्भवतः नाटोको बिघटन हुने छ, समाजवादी धारतलबाट आएका देश हुनुको कारण रुस, चीन, र उत्तर कोरीया अर्को शैन्य गठबन्धन बनाउने तिर लाग्ने छैनन् ।

नाटोको बिघटन र अमेरीकी पराजयले युरोपियन देशहरु अमेरीकी हैकमबाट मुक्त हुने छन्, र भारत पनि मुक्त हुने छ, त्यसले युरोपीयन देशहरुमा मात्र होईन, भारतमा समेत समाजवाद स्थापना गर्न मदत गर्ने छ ।

अर्को तिर, “साम्राज्यवाद भनेको युद्ध हो” लेनिनले भत्रु भए जस्तै बिध्वंशक हतियारको भण्डारण गरेका देशहरुले कुनै न कुनै दिन त्यो हतियारको प्रयोग गर्नै पथ्र्यो । यतिखेर नै भयो । कि त विश्वमा साम्यवाद भएको हुन्थ्यो भने युद्धको अन्त्य गरिएको हुन्थ्यो तर विश्वमा एउटामात्र पनि पूजीवादी देश रहँदा सम्म युद्धको सम्भावना भईनै रहने हुन्छ । त्यो भयो नै । तर अव, कुरा समाजवादी क्रान्तिको आउँछ । समाजवादी क्रान्ति पनि आफै आउने कुरा त होईन, यसलाई सचेतपूर्ण तरिकाले संगठित गर्नु पर्छ । त्यसकालागि कम्युनिष्ट अन्तराष्ट्रियक निर्माण गर्नु पर्ने आवस्यकता छ । हाम्रो पार्टीको तर्फबाट विश्वका क्रान्तिकारीहरुलाई एकताबद्ध गर्दै अथवा विश्वका माओवादी क्रान्त्किारी कम्युनिष्ट पार्टीहरुसंग एकताबद्ध हुँदै त्यस प्रकारको पहल लिदै छ ।

७. अब समसामयिक विषयमा कुरा गरौँ, अहिले नक्कली भुटानी शरणार्थी प्रकरणले देश तातिरहेको अवस्था छ, तपाईँहरुले यो विषयलाई कसरी हेरिरहनुभएकोट छ ?

०० यसमा दुई कुरा हरु छन् । पहिलो नेपालका शाशकहरु यति भ्रष्ट, नैतिक पतन भएका, निर्लज्ज छन कि नेपालको प्रतिष्ठामा अन्तराष्ट्रिय रुपमानै बद्नाम भएको छ । एम्नेष्टि अन्तराष्ट्रियले गरेको सर्बेक्षणमा भनिएको रहेछ एसियाका सबै देशहरु मद्धे सबै भन्दा भ्रष्ट देश नेपाल रहेछ । यो एउटा पक्ष भयो । हामीले हेरेको यसको अर्को पक्ष भनेको यो किन भै रहेको छ ? यसका पछाडि के कारणहरु छन ? त्यसमा स्पष्ट कुरा हो नेपालको दलाल पूँजीवादी व्यवस्था । सोलो डोलोमा दलाल पूजीवादी व्यवस्था भनिन्छ, मुलत : यो नोकरशाही दलाल पूजीवादी व्यवस्था हो । यहाँ देशका नोकरशाह र राजनीतिक प्रतिनीधिहरु मिलेर देशको सम्पत्तिमा भ्रष्टाचार गरीरहेका हुन्छन् । जहिले सम्म यो नोकरशाही दलाल पूजीवादी व्यवस्थाको अन्त्य हुँदैन तब सम्म यसप्रकारका भ्रष्टाचारहरु कहिले काहिँ दलालहरु बिचको आपसी अन्तरबिरोधका कारण समाजमा देखिए पनि अत्यधिक समयमा भित्र भित्रै गुपचुपमा मिलाईएको हुन्छ । सत्ताको दुरुपयोग गर्दै तमाम भ्रष्टाचारका बिषयलाई नीति भित्र पारिएको हुन्छ र त्यो भ्रष्टाचार मानिँदैन । यस्तो अवस्था यो देशमा छ ।

अब प्रश्न आउँछ, यसले कता लैजाँदै छ त देशलाई । संक्षेपमा भन्दा यो ब्यवस्थाको अन्त्य तिर लैजाँदै छ र त्यसको स्थानमा समाजवादी सत्ता स्थापना गर्ने बाटोतिरै अगाडि बढेको छ ।

८. पछिल्लो समय एमसिसी, एसपीपी र नागरिकता विधेयक लगायतका विषयहरु जब्बर रुपमा उठिरहेको छ, यसले देशको राष्ट्रिय स्वाधीनतामा नै खतरा उत्पन्न भयो भन्ने छ नि ?

०० हो, नेपाल भौगोलिक हिसाबले अत्यन्त सम्वेदनशील ठाउँमा छ । एकातिर बिशाल भूगोल र जनसंख्या भएको चीन र अर्कोतिर त्यस्तै बिशाल जनसंख्या र भूगोल भएको भारतको संघारको रुपमा नेपाल छ । यो अवथितिले नेपाल माथि अन्य देशहरुको भन्दा कैयौ गुणा बढी चुनौति र सम्भावनाहरु बिद्धेमान रहेका छन् । अमेरीकी साम्राज्यवादले नेपाललाई एमसीसी र एसपीपीमा फँसाएर दुबै देशको बिचमा अन्तराष्ट्रिय आतंक मच्चाउन चाहन्छ । चीन र भारत आणविक अस्त्र भएका, भूगोल र जनसंख्या पनि ठुलो भएका देश हुनुको कारण त्यसको प्रतिवाद त गर्नेनै छन् तर नेपालको हालत भने युक्रेनको भन्दा अझ बर्बाद हुने छ ।
हामीलाई थाहा छ, सन २००६मा युक्रेनले पैसाको लोभमा एमसीसी कम्प्याक्टमा हस्ताक्षर ग¥यो । त्यसपछि त्यहाँ यो योजना पनि लागु भयो, परिणामतः कैयौ स्थानहरुमा अमेरीकी सैन्य अखडाहरु, जासुसी केन्द्रहरु अनौपचारिक रुपमा खडा गरीए ।

यतिसम्म समाचारहरु पढन पाईयो कि अमेरीकाले रुसका बिरुद्ध युक्रेनमा कैयौ शहरहरुमा जैविक हतियार उत्पादन गर्ने केन्द्रहरु समेत तैयार ग¥यो । त्यहाको सामरिक सन्तुलन मिलाउने राष्ट्रपति यानुकोभिचलाई सयौ षढ्यन्त्र गरी हराईयो वा अपदस्त गरीयो र जेलेन्सकी पैदा गरियो । अहिले युक्रेनलाई अमेरीकाले युद्धको चपेटामा घकेलीरहेको छ, खरानी पारी रहेको छ । अझ, रोचक कुरा त के छ भने, जेलेन्स्की रुससंग शान्ति वार्ता गरी युद्ध टुङग्याउन चाहन्छन्, तर, अमेरीका त्यो प्रकारको शान्ति वार्ता हुन पनि बन्देज गरीरहेको छ ।

एमसीसी र एसपीपी नेपालमा पनि त्यहि षढ्न्त्रका साथ एउटा ट्रोजन हर्सका रुपमा आएको छ । त्यसकारण नेपाली जनताले यसलाई अस्वीकार गर्नु पर्छ र हरहालतमा खारेज गर्नु पर्छ । नेपाली आवरणका कतिपय अमेरीकी एजेन्टहरुले यी कुरा गर्दा कम्युनिष्टहरुलाई बिकाश बिरोधी भत्रे गर्छन । वास्तवमा यसप्रकारका साम्राज्यवादीहरु बिकाशवादी होईनन् बिनाशवादी जेलेन्सकीका प्रतिमूर्तिहरु हुन ।

९. नेपालको विद्यमान शिक्षा क्षेत्रमा देखिएको समस्या र त्यसको समाधानको लागि तपाईको पार्टीको भूमिका के हुन्छ ?

०० नेपालको शिक्षा प्रणाली दलाल पूजीवादी सत्ता अनुरुप छ भत्रे कुरा सबैका अगाडी छर्लङ्गै छ । नेपाली स्कुल, कलेज र विश्व विद्यालयको शिक्षा कुन प्रयोेजनकालागि प्रदान गरिन्छ भने त्यसले मुलतः साम्राज्यवादी श्रमबजारमा श्रम खपत गर्न मदत गरोस, साम्राज्यवादको गुणगान गर्ने दब्बु नागरिकहरु पैदा होउन, राष्ट्रिय स्वाधिनता र देशको सामुहिक हितका बिपरित व्यक्तिवादी, एकलकटे, भोँडे मनोविज्ञान पैदा होस । त्यसले सम्पूण बिद्यार्थी युवा युवतिहरुकालागि बिदेश धकेल्ने, देशको सम्पत्ति निर्यात गर्ने र राष्ट्र निर्माण गर्नु पर्ने जनशक्तिले बिदेशमै चाकरी गरी जीवन बर्बाद गर्नु पर्ने बाद्ययता नेपालको शिक्षा प्रणालीले दिएको छ ।
अर्कोतिर, शिक्षामा गरिएको ब्यापारिकरणको कारण लाखौ बालबालीका स्कुल जान सक्दैनन् । स्कुल गएका युवा युवतीहरु शिक्षा खरिद गर्न असमर्थ हुनुको कारण स्कुलबाट कलेजमा प्रवेश गर्दैनन र विश्वविद्यालयमा प्रवेश गर्ने गरिव युवायुवतीको संख्या अत्यन्त न्युन रहेको हुन्छ ।

हामीले भनेका छौ, शिक्षा निशुल्क हुनु पर्छ । शिक्षाको ब्यापारिकरण सतप्रतिशत बन्द गरीनु पर्छ । शिक्षालाई व्यवसायिकरण गरिनु पर्छ र हरेक बिद्यार्थीलाई उद्यमि, सृजनशील र अनुशन्धानमुखि एबम व्यवहारिक बनाईनु पर्छ । बिद्यार्थीकालागि “अध्यन सहित काम”को नीति लागु गरिनु पर्छ । यसले मात्र देशको प्रगतिको बाटो समाउँछ । शिक्षालाई नोकरशाही सस्कृति र मनोविज्ञानबाट अलग गराउँछ र समानता, न्यायोचित, प्रगतिशील बनाउँछ ।

१०. अन्तमा केही भन्न चाहानुहुन्छ कि….?

०० नेपालको अवस्था अनुसार बिद्यार्थीले शशक्त आन्दोलन उठाउन आवस्यक छ जसले देशमा राजनीतिक क्रान्ति गरोस, आर्थिक उत्रतिको बाटोमा लागोस र नोकरशाही दलाल पूजीवादी व्यवस्थाको अन्त्य होस ।
धन्यवाद !