नेपालगन्जको सल्यानी बागमा हाईमास्ट लाईट जडान
नेपालगन्ज, नेपालगन्ज उप-महानगरपालिका वडा न.४ सल्यानी बाग चोक स्थित हाईमास्ट लाइट जडान भएको छ । उक्त लाइटको शुक्रबार नेपालगन्ज वडा न.४ का वडा अध्यक्ष गोपाल पुनले उद्घाटन गर्नुभएको हो ।
हाईमास्ट लाइट जडानपछि वडा न.४ का स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । उनीहरूले वडा अध्यक्ष पुनको नेतृत्वमा राम्रो काम भएको भन्दै प्रशंसासमेत गरेका छन् ।
‘हाईमास्ट लाइट जडानपछि दुर्घटना न्यूनीकरण हुन्छ, रातीको समयमा यात्रामा समेत सहयोग पुग्छ । वडा सदस्य रुमिता श्रेष्ठ, मो. सलिम मुस्लमान, उत्तमसिंह सिजापति त्यसैगरी समाजसेवी रहिस हल्वाई, राज कश्यप, रमेश गुप्ता लगाएत ५०/६० जनाको उपस्थिति रहेको थियो। साथै हाईमास्ट लाइट जडानपछी दुर्घटना न्यूनीकरण हुने बताएका थिए ।
समाजसेवी तथा सल्यानी बाग टोल विकास समितिका अध्यक्ष शारिक सल्मानीले नेपालगन्ज वडा न.४ सल्यानी बागमा हाईमास्ट लाइट जडान हुनु विकासको नमुना भएको बताउनुभयो । उहाँले भन्नुभयो, नेपालगन्ज वडा न.४ को मुटु हो । सुरक्षाका दृष्टिकोणले पनि यो लाइट महत्वपूर्ण छ ।