एमालेले अवरोध गरेपछि १५ गते सम्मका लागि संसद् बैठक स्थगित
प्रकासित मिति : २०८० श्रावण १०, बुधबार १८:४२
प्रकासित समय : १८:४२
काठमाडौं, प्रमुख प्रतिपक्षी एमालेको अवरोधले प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करी प्रकरणका मुख्य नाइके पक्राउ गर्नुपर्ने, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै रोष्ट्रम घेरेर विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।
एमालेका सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेरेपछि सभामुख देवराज घिमिरेले १५ साउन सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।