क्रान्तिकारीले जलायो लोकसेवा आयोगको तयारी पुस्तक

काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) लोकसेवाको तयारीसम्बन्धी एउटा पुस्तकमा जलाएको छ ।

लोकसेवा आयोग तयारी सम्बन्धिको ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’ पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द सहितको प्रश्नोत्तर राखिएको बिरोध स्वरुप क्रान्तिकारीले सोमबार उक्त पुस्तक जलाएको छ ।

वन तथा वातावरण मन्त्रालयका सहायक सहायक संरक्षण अधिकृत राम एकवाल दासले लेखेको लोकसेवा तयारीसम्बन्धी उक्त पुस्तकमा आपत्तिजनक प्रश्नोत्तर भेटिएको थियो ।

विद्या विकास पब्लिकेसन्स कलंकीले प्रकाशित गरेको ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’उक्त पुस्तकको पेज नम्बर १४३ मा केटी (महिला)हरुबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर राखिएको भन्दैं क्रान्तिकारी उक्त पुस्तक जलाउनुका साथै काठमाडौंको माईतिघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ ।

पुस्तकको १४३ पेजको १८ नम्बर प्रश्नमा चारवटा अप्सनसहित महिलाबारे आपत्तिजनक कुरा सोधिएको भेटिएपछी उक्त प्रश्नलाई लिएर अहिले देशव्यापी रुपमा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

माईतिघर मण्डलामा भएको उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का सह-संयोजक शिलु न्यौपानेले छात्रा र महिलाहरु बारे आपत्तिजन प्रश्न राखेर किताब लेख्ने लेखक राम एकवाल दास र प्रकाशन गृह विद्या पब्लिकेसन्सलाई सार्वजनिक रुपमा माफी माग्न चेतावनी दिनुभयो ।

लेखक र प्रकाशन गृहले सार्बजानिक रुपमा माफि नमागेको खण्डमा संगठनको जस्तोसुकै कदम चाल्न बाध्य हुने समेत उनको भनाई थियो ।

उक्त कार्यक्रमलाई संगठनका कार्यालय सदस्य नवराज भट्ट, सोभा सेन्चुरी लगायतले सम्बोधन गरेका थिए ।

यही विषयलाई लिएर शनिबार संगठनको केन्द्रीय छात्रा बिभागले बिरोध जनाएको थियो । संगठनका छात्रा बिभाग प्रमुख रुपमा बुढामगरले एक विज्ञप्ति जारी गर्दैं छात्रा वा महिलाहरुबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर राखिएकोले  गम्भीर मात्र हैन आक्रोशित समेत बनाएको बताएकी थिइन् ।

साथै उनले लोकसेवा तयारी सम्बन्धी उक्त पुस्तकमा राखिएको आपत्तिजनक प्रश्नोत्तर तत्काल  हटाउन र सार्वजनिक रुपमा माफी माग्न अनुरोध गर्दै महिलाहरुबारे आपत्तिजनक शब्द राखेर पुस्तक प्रकाशन गर्ने लेखक र पव्लिकेसनका बिरुद्ध संगठन निर्मम संघर्ष चाल्न बाध्य हुने कुरा समेत यसै विज्ञप्ती मार्फत जानकारी गराएकी थिइन् ।