कुशेबासीका सडकका कथा : बर्षेनी दु:ख दिने राङसीको त्यो पहिरो

जाजरकोट, जाजरकोटको सबैभन्दा पुरानो ट्रयाकको रुपमा रहेको खलंगा पाँचकाटिया सडकखण्ड बर्षेनी पहिरोका कारण अबरुद्ध हुने गरेको छ । रारा लुम्बीनी मार्गका रुपमा रहेको उक्त सडकको राङसीमा पर्ने ट्रयाक परिर्वतन नगर्दा कुशे गाउँपालिका बासीका लागि महङगो साबित भएको छ । खलंगा पाँचकाटिया सडक खण्ड भित्र रहेको २१ किलोमिटर दुरीमा १ लाख ३६ हजार घनमिटर जमिन दुई वर्ष भित्र कटान गर्ने वताइए पनि शो कार्य हालसम्मा पुरा हुन सकेको छैन । । हिउँदे सिजनमा यो सडकमा जीप र टयाक्टर गुड्ने गरेपनि बर्षायाममा मोटरसाइकल समेत गुड्न सक्ने अवस्था रहदैन ।

पछिल्लो समय परेको अबिरल बर्षाका कारण जिल्ला सदरमुकाम खलंगादेखि पाँचकाटिया सडक फेरि पनि अबरुद्ध भएको छ । जब बर्षा हुन थाल्छ बिशेषत कुशेबासीका सडकका सपना त्यहि तुहिन्छन । सदरमुकाम खलंगाबाट कुशे जोड्ने सडकखण्ड रारा लुम्बिनी मार्गका रुपमा परिचित छ । करिब एक दशक अगाडि खोलिएको उक्त ट्रयाक स्तर उन्नती नहुदा कुशे र बारेकोट बासीका लागि कष्टकर बनेको छ ।

जब बर्षा सुरु हुन्छ पहिरोका कारण खलंगा कुशे गाउँपालिका जोडने सडक अबरुद्ध हुन्छ । पहिरोले सडक भत्काएपछि जिल्ला सदरमुकाम खलंगाबाट जर्बजस्त मोटरसाईकल बाहेक अन्य कुनै पनि सवारी साधन चल्न सक्ने अवस्था रहदैन । यातायातका साधनहरु चल्न नसकेपछि यात्रुहरु बर्षायामभरी पैदल हिड्न बाध्य हुन्छन ।

यतिबेला खलंगा–पाँचकाटिया सडक पुरै अबरुद्ध भएको छ । गाउँवाट सदरमुकाम आउने र सदरमुकामवाट बाहिर जाने यात्रुहरु र बिरामिलाई समेत आवत जावतमा समस्या भएको छ । सडक डिभिजन कार्यालयले जिल्लाका सडकहरू कुनै ठाउँमा पनि अबरूद हुन नदिने तत्काल काम अगाडि बढाउने भनिएपनि शो क्षेत्रमा त्यो कुरा लागु हुन सकिरहेको छैन ।

जिल्ला सदरमुकाम खलंगा र खलंगा–पाँचकाटिया सडकलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले हेरिरहेको छ । उक्त सडकको भत्किएका संरचना नगरपालिकाको बिपद ब्यबस्थापन कोषवाट बन्न नसक्ने नगरपालिकाका प्राविधिकहरुको भनाई छ । अबरुद्ध सडकलाई तत्काल सुचारु गर्नलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले नै गर्नु पर्ने सदरमुकामबासीले माग राखेका छन् ।

उता भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले जाजरकोटको शान्ती चौतारीसम्म सडक र खलंगा पाचकाटिया सडक सडक डिभिजन कार्यालय चौहरजारीको रहेकोले तत्काल सडक खुलाउन माग गरिएको बताए । साथै भेरी नगरपालिकाको लगानिमा निर्माण गरिएका साना तथा ठुला सडकहरु हाल कुनै अवरुद्ध नरहेको समेत प्रमुख घर्तीले जानकारी दिए ।

 खलंगा पाँचकाटिया सडक खण्ड भित्र रहेको २१ किलोमिटर दुरीमा १ लाख ३६ हजार घनमिटर जमिन दुई वर्ष भित्र कटान गर्ने वताइए पनि शो कार्य हालसम्मा पुरा हुन सकेको छैन । । हिउँदे सिजनमा यो सडकमा जीप र टयाक्टर गुड्ने गरेपनि बर्षायाममा मोटरसाइकल समेत गुड्न सक्ने अवस्था रहदैन । १ करोड ९८ हजार रुपैयामा निर्माण कार्य सुरु गरिएको स्तरउन्नती कार्य ढिलासुस्तीका कारण पुरा हुन सकेको छैन ।

दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य भएपनि यसै आर्थीक वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको थियो । यो सडकमा ट्याक औपन गर्दा २१ किलोमिटरमा २१ करोड भन्दा वढी खर्च भईसकेको छ । अहिले सडकको स्तर उन्नती नभएका कारण वर्षेनी यहाँका स्थानियहरु समस्यामा परेका छन् ।