कालापहाड कमाउन हिडेका १९ बर्षे रमेश भारतको हरिद्धारमा यसरी अस्ताए
जाजरकोट, कुशे गाउपालिका वडा न २ तल्लो डोग्री टोलका रमेश सिंहको भारतको हरिद्धार भन्ने ठाउमा ट्रकले च्यापियर घटनास्थल मै मृत्यु भयको छ। शुक्रबार नेपालगन्जदेखि भारत मजदुरी गर्न हिडेका सिंहको मृत्यु भएको हो । रुपैडियाबाट रिजर्भमा लिईएको जिपको टायर पन्चर भयको अवस्थामा बाहिर निस्कने क्रममा गुडिरहेको टृकले ठक्कर दिएपछि च्यापेर घटनास्थलमै उनको मृत्यु भएको आफन्तले बताएका छन ।
१९ बर्षका सिंह कक्षा ११ मा पढ्दै थिए। ६ बर्ष पहिले उनका बुवा नर बहादुर सिंहको घर नजिकैको भिरमा लडेर घाइते भइ उपचारका लागि भारतको लखनउ लिदै गर्दा बाटोमै निधन भयको थियो । हाल सात जनाको घर परिवार मध्ये जेठा छोरा थिए ।
घरको आर्थिक अवस्था एकदम कमजोर भएका कारण भारतका बिभिन्न ठाउँ पुगी मजदुरी गर्ने गर्छन ।् उनको मृत शरीर भारतबाट नेपाल ल्याउनका लागि सबैमा सहयोगको अपिल गरिएको छ ।
आफन्त मोहन बिक्रम सिंहको नाममा गरिमा बिकास बैंकमा रहेको खाता न ०७२०१९०१०१४६४५०००००१ र मोबाईल नम्बर ९८६२५९९४९६ मा सहयोगि मनहरुका लागि सार्वजनिक गरिएको छ ।