चोरीको आरोप लागेका वडाध्यक्ष पक्राउ

सुर्खेत, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोद सिंह विष्ट पक्राउ परेका छन् ।

वडाध्यक्ष विष्टलाई आइतबार दिउँसो प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

वडाध्यक्ष विष्टसहित तीन जनाको टोलीले केही दिनअघि खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

उजुरीका आधारमा शुक्रबार पक्राउ परेका सुशील गुरुङ र बलिराज शाहीले जफत भएको रकमबाट वडाध्यक्ष विष्टलाई दुई लाख दिएको स्वीकारेपछि विष्टलाई पक्राउ गरिएको प्रवक्ता शाहीले जानकारी दिए । वडाध्यक्ष विष्टमाथि थप अनुसन्धान भइरहेको शाहीले बताए