ललिता निवास प्रकरण : मीनबहादुरसहित ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले सात दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न अरोपितहरुलाई हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएका हुन् । 

यो प्रकरणमा मंगलबार व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम पक्राउ परेका थिए। उनीहरुलाई आजमात्रै सीआईबीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ।