रोल्पाको त्रिवेणी गाउँपालिकाले ल्यायो ५० करोड ५२ लाख बजेट

रोल्पा, रोल्पाको त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ सालको लागि ५० करोड बढिको बजेट ल्याएको छ ।

गाउँपालिकाले आइतबार प्रस्तुत गरेको बजेट ५० करोड ५२ लाख ९३ हजार ७ सय ६१ रुपैयाँ रहेको छ । जस अनुसार चालुतर्फ २८ करोड ८६ लाख ६७ हजार ५ सय रूपैयाँ रहेको छ । पुँजीगत खर्च २१ करोड ६६ लाख २६ हजार २ सय रुपैयाँ रहेको छ ।

चौधौं गाउँसभामा पालिकाका उपाध्यक्ष लेखमणि डाँगीले बजेट प्रस्तुत गरेका हुन् । पालिकाको आन्तरिक आय भने १ करोड ५ लाख रहेको छ । बजेटमा शिक्षा, पूर्वाधार,कृषि स्वास्थ्य र रोजगारको क्षेत्र मुख्य प्राथमिकतामा छन् ।

वडा तर्फ ३ करोड १२ लाख ५ हजार ८ सय रुपैयाँ रहेको छ । जस मध्ये त्रिवेणी गाउँपालिका–१ मा रु.३८ लाख ८९ हजार ४ सय, त्रिवेणी गाउँपालिका–२ मा रु. ५८ लाख ३७ हजार ४ सय, त्रिवेणी गाउँपालिका–३ मा रु. ३६ लाख १९ हजार ४ सय, त्रिवेणी गाउँपालिका–४ मा रु. ३९ लाख ३५ हजार, ४ सय, त्रिवेणी गाउँपालिका–५ मा रु. ३६ लाख ६ हजार ४ सय, त्रिवेणी गाउँपालिका–६ मा रु.३८ लाख २४ हजार ४ सय, त्रिवेणी गाउँपालिका–७ मा रु.६४ लाख ९३ हजार ४ सय, रुपैयाँ बिनियोजन गरेको छ ।