बाँके प्रहरीले गर्यो २२ लाखको अवैध सामान बरामद
प्रकासित मिति : २०८० असार ११, सोमबार ११:२९
प्रकासित समय : ११:२९
कोहलपुर । बाँके प्रहरीले चानचुन २२ लाख बराबरको अबैध भन्सार छलिको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका वडा नं. ३ स्थित नेपालगंज-गुलरिया सडकखण्डबाट आईतबार उक्त सामाग्रीहरु बरामद गरेको हो ।
प्रहरीका अनुसार, नेपालगन्ज उपमहनगरपालिका वडा नम्बर ६ बस्ने बर्ष २५ को कुशल भट्टराईले चलाएको भे १ च ३९५१ नम्बरको बोलेरो गाडिमा लोड भएको अवस्थामा ३० डि.पि. स्विच ४५ डब्बा, ४० स्विच सकेट ३६० डब्बा, ५० स्विपर ब्राउजर २७ पिस लगायतका विभिन्न सामानहरु रहेको बाँके प्रहरीले जनाएको छ ।
बरामद गरीएको सो सामानहरु आवश्यक प्रक्रिया पुरा गरी थप कारवाहीको लागी सवारी चालक र बोलेरो गाडी सहित भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।