११ औँ गाउँसभा मार्फत पचालझरनाले ल्यायो ३९ करोड ८२ लाखको वजेट

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ३९ करोड ८२ लाख ३३ हजार ७ सय ९३ रुपैयाको वजेट सार्वजनिक गरेको छ । शुक्रवार गाउँपालिकाले ११ औँ गाउँसभा मार्फत उपाध्यक्ष अल्किना बम बविताले ३९ करोड ८२ लाख ३३ हजार ७ सय ९३ रुपैयाको वजेट सार्वजनिक गरेकी हुन ।

जनताका जनजिबीकाका समास्यालाई संबोधन गर्दै पालिकाले बजेट ल्याएको भन्दै उपाध्यक्ष बमले लक्षित बर्गका कार्यक्रमलाई प्राथमिक्ता दिने बताइन । उनले शिक्षा, स्वास्थ्य र सडकलाई पुर्णता दिने गरी वजेट केन्द्रित रहेको बताइन ।

गाउँपालिकाको नीतिमा स्थानीय रैथाने वालिको संरक्षणका लागि भटमास, कोदो, सिमि, कागुनो र फापर खेतिलाई जोड दिन कृषकलाई प्रोत्साहन गर्ने गाउँपािलका अध्यक्ष देबराज शाहीले बताए ।

त्यस्तै गाउँसभा गाउँपालिका अध्यक्ष देवराज शाहीको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीको प्रमुख आतिथ्यता, उद्घाटन भएको थियो ।

कार्यक्रममा पुर्व गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल,पुर्व उपाध्यक्ष तारा न्यौपाने बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।