वडा कार्यालयद्धारा बाल सुधार गृहलाई स्ट्रिट लाइट हस्तान्तरण
प्रकासित मिति : २०८० असार ६, बुधबार २०:२४
प्रकासित समय : २०:२४
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडां नं. ११ ले बाल सुधार गृहलाई स्ट्रिट लाईट हस्तान्तरण गरेको छ ।
नेपालगन्जमा रहेको जयेन्दु बाल सुधार गृहलाई ३० व्वाट क्षेमताका ४ वटा स्ट्रिट लाईट हस्तान्तरण गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष नन्द किशोर कस्यपको स्विकृतिमा वडासदस्य राजेश कुमार बैश्यले प्रहरी नायव निरिक्षक भास्कर गिरीलाई उक्त सामान हस्तान्तरण गरेका हुन् ।