बाग्लुङमा जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
प्रकासित मिति : २०८० असार ६, बुधबार २०:३९
प्रकासित समय : २०:३९
काठमाडौं, बाग्लुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गलकोटबाट बाग्लुङ बजारतर्फ जाँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५, ठुलढुङ्गामा दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुने दुवै जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए। दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतक दुवै पुरुष रहेको केसीले बताए।
जीप मध्यपहाडी लोकमार्गबाट ५०० मिटर तल खसेको हो। जीपमा सवार यात्रुको संख्या यकीन हुन सकेको छैन। प्रहरी टोली घटनास्थल पुगेर उद्धारकार्यमा जुटेको छ। -रासस