समाजवादी मोर्चा सत्ता टिकाउन मात्र प्रयोग नहोस् : झलनाथ खनाल
प्रकासित मिति : २०८० असार ४, सोमबार १७:४८
प्रकासित समय : १७:४८
काठमाडौँ, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउन मात्र प्रयोग नगर्न आग्रह गरेका छन्। सोमबार काठमाडौंमा आयोजित घोषणासभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले भने, ‘यसलाई अझै विस्तार गर्नुपर्ने अवस्था छ। यो सत्तालाई टिकाउने मोर्चामात्र नबनोस्। यो आमुल परिवर्तनको मोर्चा बनोस्।’ साथै, उनले देशको राष्ट्रियतालाई रक्षा गर्न देशका क्रान्तिकारीहरु एकजुट हुनुपर्ने बताए।
यो मोर्चा पहिलो पाइला मात्रै रहेको उनले बताए। ‘यो मोर्चाको निर्माण पहिलो पाइला मात्रै हौ। देशको समष्ट वामपन्थी र क्रान्तिकारीहरुलाई एकतावद्ध नगरेसम्म सही विकल्प निर्माण हुन सक्दैन,’ उनले भने।