परिवर्तन उल्ट्याउन खोज्नेहरु विरुद्ध युद्धको घोषणा हो : प्रचण्ड

काठमाडौं, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन उल्ट्याउने र मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध युद्धकै घोषणा भएको बताएका छन । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले  परिर्वतनलाई होच्याउने, अपमानित गर्न खोज्ने अराजक र प्रतिगामी प्रवृत्तिका बिरुद्ध समाजबादी मोर्चा युद्धकै घोषणा भएको बताएका हुन ।

केही मान्छेहरुले टाउको उठाउन खोजेको भन्दै उनले भने, ‘७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरुका लागि चुनौती हो । यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो ।

माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रचण्डले अग्रगमन पक्षधर, प्रगतिशील, वामपन्थी शक्तिहरुलाई हातेमालो गर्न आह्वान गरे । तर अहिले परिर्वतनलाई होच्याउने, अपमानित गर्न खोज्ने अराजक र प्रतिगामी प्रवृत्तिले केही मान्छेहरुले टाउको उठाउन खोजेको भन्दै उनले भने, ‘७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरुका लागि चुनौती हो । यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो ।’

‘मोर्चा कसैका विरुद्ध परिलक्षित छैन। सबैलाई समेटेर नयाँ शिराबाट आफ्नै कमजोरीको समीक्षा गर्दै त्यसबाट पाठ सिक्दै समाजवादको नयाँ युगतिर नेपाललाई लिएर जाने संकल्पका साथ यो गठन भएको हो।’ उनले भने। उनले नेकपा गठनको परिस्थितिलाई स्मरण गर्दै एमालेसँगको पार्टी एकता गरेर अलि हतार गरिएको हो कि भन्ने महसुस गरिएको बताए।

‘नेकपा बचाउन सकिएन। अहिले म कसैलाई दोष दिन चाहँदिन तर एकपटक ऐतिहासिक रुपले समीक्षा गर्नु जरुरी छ। पार्टी एकता गर्ने हतारो पो भएछ कि? मोर्चा बनाउनुपर्थ्यो कि ?’ उनले भने, ‘मोर्चाको बाटोबाट नगएर फड्किएर जाँदा दुर्घटना हुन सक्छ। अब त्यसबाट पाठ सिकेर अघि बढेकाले मोर्चाको सफलतालाई कसैले रोक्न सक्दैन।’

उनले मोर्चालाई एउटा अभियानका रूपमा लैजाने भन्दै सबैलाई यसमा गोलबन्द हुन आव्हान पनि गरे