प्रयास नै सफलताको चावि हो

 विक्रम नामका एकजना बहादुर राजा थिए । एकपटक उनले केही सिपाहीको सहयोगमा एउटा निकै ठूलो सेनाविरुद्ध लड्नुपर्‍यो । लडाइँमा उनी पराजित भए । उनलाई आफ्नो ज्यान जोगाउनसमेत मुस्किल पर्‍यो । विक्रम भागेर जंगलको एउटा गुफामा शरण लिन पुगे । उनी निकै हतोत्साहित भएका थिए । उनले पूरै आत्मविश्वास गुमाएका थिए । उनी टोलाएर गुफाको माथितिर एक टकले हेरिरहेका थिए । एउटा रोचक दृश्यले उनको ध्यान खिच्यो ।

 

एउटा सानो माकुरो गुफाको छतमुन्तिर जाल बुन्ने कोसिस गरिरहेको थियो । जब माकुरा माथि उक्लियो, जालोको धागो चुँडियो र माकुरा तल भुइँतिर खस्यो । तर, माकुराले हार मानेन । उसले पटक–पटक चढ्ने कोसिस जारी राख्यो । अन्तमा, माकुरा सफलतापूर्वक माथि चढ्यो र जालो बनाउने काम पूरा गर्‍यो । यो दृश्य देखेपछि विक्रमले सोच्न थाले । एउटा जाबो सानो माकुराले पनि अदम्य साहसका साथ असफलताको सामना गर्न सक्छ भने मैले किन हार मान्नु रु जबसम्म विजय हासिल गर्दिनँ, तबसम्म म हरसम्भव प्रयास गर्नेछु । यो विचारले पराजित राजालाई बल दियो ।

विक्रम जंगलबाट बाहिर निस्के र आफ्ना बहादुर सिपाहीलाई पुनः एकठ्ठा गरे । उनले आफूलाई पराजित गरेको त्यो विशाल सेनासित फेरि युद्ध गरे, तर सफल भएनन् । हार भए पनि उनले आफ्नो लडाइँलाई जारी नै राखे । थुप्रैपटकको प्रयासपछि अन्ततः उनले त्यो विशाल सेनालाई परास्त गरे र आफ्नो राज्य पुनः हासिल गरे । प्रयास र लगानशीलताले नै सफलताको मार्ग प्रशस्त गर्न सक्छ । असफल भइयो भनेर हरेस खानु हँुदैन । प्रयास जारी राखे अवश्य सफल भइन्छ ।मोटीभेटन्युजबाट