चलचित्र आदिपुरुष प्रदर्शन गर्ने जोकोहीका विरुद्ध कडा संघर्ष गर्छौं : मिलन राई

काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राईले चलचित्र आदिपुरुष नेपालमा प्रदर्शन गर्ने जोकोहिका विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

दक्षिण भारतीय विवादास्पद चलचित्र ‘आदिपुरुष’ को सन्दर्भमा शुक्रवार सामाजिक सञ्जाल फेसवुका प्रतिक्रिया दिदैं उनले नेपाली साँस्कृतिक ईतिहासमाथि अतिक्रमण गरेको उक्त चलचित्रका विरुद्ध संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

उनले नेपाली छोरी मिथिला राजकुमारी जानकीलाई भारतीय छोरी हुन भन्ने शब्दावली प्रयोग गरिएको विषयमा आफ्नो संगनको गम्भीर ध्यानाकर्षणसाथै आक्रोशित समेत बनाएको बताए ।

त्यस्तै उनले उक्त तथ्यहिन, भ्रामक र असत्य शब्दावली सच्याउन आग्रह गर्दैं शब्दावली नसच्याएको खण्डमा देशभक्त युवा विद्यार्थीहरु उक्त चलचित्र बहिस्कार गर्न आवह्हान समेत गरे ।

साथै उक्त चलचित्र कुनैपनि सिनेमा हलमा प्रदर्शन नगर्न अनुरोध गर्दै तथ्यहिन शब्दावकी नसच्याएर उक्त चलचित्र हुवहु प्रदर्शन गरिएमा प्रदर्शन गर्ने जो कोहीका विरुद्ध कडा संघर्ष गरिने बताए ।

यस्तो छ प्रतिक्रिया

दक्षिण भारतीय चलचित्र “आदिपुरुष” मा नेपाली छोरी मिथिला राजकुमारीलाई “जानकी भारतीय छोरी हुन्” भन्ने शब्दावली प्रयोग गरिएको विषयले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ र हामीलाई आक्रोशित बनाएको छ। तत्काल उक्त तथ्यहिन र भ्रामक शब्दावली सच्याउन हामी सम्बन्धित पक्षसँग आग्रह गर्दछौं। उक्त भ्रामक र असत्य शब्दावली नसच्चिएमा देशभक्त युवा विद्यार्थीलाई उक्त चलचित्र बहिष्कार गर्न आह्वान गर्दछौं । साथै उक्त चलचित्र कुनैपनि सिनेमा हलमा प्रदर्शन नगर्न अनुरोध गर्दछौं। यदि उक्त नेपाली साँस्कृतिक इतिहासमाथि अतिक्रमण गरिएको चलचित्र प्रदर्शन गरिएमा प्रदर्शन गर्ने जो कोहीका विरुद्ध कडा संघर्ष गरिने चेतावनी समेत दिन चाहान्छौं ।